10.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाअधिवक्तालाई वाणिज्य कानुनबारे आधारभुत तालिम
spot_img

अधिवक्तालाई वाणिज्य कानुनबारे आधारभुत तालिम

spot_img

हेटौंडा/उच्च अदालत बार र जिल्ला बार एसोसिएसन हेटौंडाका अधिवक्तालाई हेटौंडामा वाणिज्य कानुन विषयक तालिम शनिबार शुरु गरिएको छ ।

नेपाल कानुन व्यवसायी परिषद् लयर्स एकेडेमी समिति, कोपुण्डोल ललितपुरको आयोजना तथा उच्च अदालत बार एसोसिएसन हेटौंडा, जिल्ला अदालत बार मकवानपुरको सहआयोजनामा तालिम व्यवस्था गरिएको हो । अधिवक्तालाई सक्षम बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको कार्यक्रम सभाध्यक्ष नेपाल कानुन व्यवसायी परिषद् लयर्स एकेडेमी समिति उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बताए ।

- Advertisement - Ad Banner

तालिम उद्घाटनमा नेपाल बार अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्रमुख आतिथ्यता थियोे । कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश मीना गौतमसेढाईं, न्यायाधीश सानुमैया डंगोल, जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ, नेपाल बार काउन्सिलका पार्षद् वरिष्ठ अधिवक्ता केशबप्रसाद काफ्ले, जिल्ला बार अध्यक्ष अधिवक्ता अप्सरा तिमल्सिनालगायतको आतिथ्यता थियो । ४२ घण्टाको तालिममा मकवानपुरका ४० अधिवक्ताको सहभागिता रहेको जनाइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि