18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाटोलविकास संस्थाहरुको सक्रियता विमोचित
spot_img

टोलविकास संस्थाहरुको सक्रियता विमोचित

spot_img

हेटौंडा/टोलविकास संस्थाहरुका लागि उपयोगी टोलविकास संस्थाहरुको सक्रियता नामक पुस्तक हेटौंडामा विमोचन गरिएको छ । पुस्तक वागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले विमोचन गरेकी हुन् ।

लक्ष्मण बजगाईंद्वारा लेखिएको र नारायणप्रसाद बजगाईंले प्रकाशन गरेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफू जनतासँग मिलेर काम गर्न चाहने र हालसम्म यस्तै किसिमको अभ्यास गर्दै आएको बताइन् । ‘देश सुधार्न समाज सुधार्नु पर्छ,’ उनले भनिन्-टोलटोलको विकास भयो भने समग्र देशको विकास हुन्छ, टोलको विकास गर्न सम्भाव्यताको नजिक रहेर लेखकले पुस्तक तयार गरेजस्तो मलाई लागेको छ । उनले आफू काठमाडौं महानगर उपमेयर भएर काम गर्दा स्थानीयसँग मिलेर मौलिक साँस्कृतिक धरोहर संरक्षणमा महत्वपूणर् कदम चालेको स्मरण गराइन् ।

- Advertisement - Ad Banner

बजगाईं बन्धु मिलन समाजले हेटौंडामा आयोजना गरेको पुस्तक विमोचन समारोहका अतिथि टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विमोचित पुस्तकले टोलका सन्तुलित विकासमा महत्वपूणर् टेवा पुग्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा अतिथि समाजसेवी एवम् नेपाल व्राह्मण समाज केन्द्रीय सदस्य सीताराम बर्तौलाले टोलको विकासमा टोलबासीको एकताले महत्वपूणर् भूमिका खेल्ने भएकाले विमोचित पुस्तक टोलबासीहरुले अध्ययन गर्नैपर्ने पुस्तक भएको जिकिर गरे ।

बजगाईं बन्धु मिलन समाज अध्यक्ष एवम् पुस्तकका प्रकाशक नारायणप्रसाद बजगाईंको सभाध्यक्षतामा आयोजित विमोचन समारोहका अतिथि मातृभूमि साहित्य समाज संस्थापक अध्यक्ष साहित्यकार ह्याग्रीव आचार्यले विमोचित पुस्तकबारे समीक्षा गरेका थिए भने आयोजकका तर्फबाट समाज उपाध्यक्ष पदम बजगार्इंले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । पुस्तक विमोचन समारोह सञ्चालन हेटौंडाका सामाजिक अभियन्ता शिवप्रसाद भट्टराईले गरेका थिए । विमोचित पुस्तक लेखक बजगाईंको १८ औं कृतिका रुपमा पाठकमाझ ल्याइएको हो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि