Homeमकवानपुर विशेषहेटौँडादुई कृतिमाथि हेटौंडामा विमर्श

दुई कृतिमाथि हेटौंडामा विमर्श

हेटौंडा/पत्रकार सुधीर शर्माका दुई कृति भिक्षु, व्यापार र विद्रोह र हिमालपारिको हुरीमाथि हेटौंडामा विमर्श गरिएको छ । भदौमा प्रकाशनमा आएको शर्माका दुई कृतिमाथि शुक्रबार विद्यार्थी, पाठक एवम् प्राज्ञिक व्यक्तिहरुको उपस्थितिमा विमर्श गरिएको हो ।

शर्माको पुस्तक भिक्षु, व्यापार र विद्रोहले नेपाल, भारत र चीनबीच सम्बन्धबारे उल्लेख गरेको छ भने हिमालपरिको हुरी नेपाल र चीन सम्बन्धको विषयमा केन्द्रित छ । लेखक शर्माले नेपालले चीन र भारत दुवै देशलाई बुझ्न जरुरी रहेको आवश्यकता औंल्याए । भारतसँगको खुला सिमाना, भाषागत्, सा“स्कृतिकलगायत कारण भारत बुझ्न सहज भए पनि चीनलाई बुझ्न कठिन रहेको धारणा राखे ।

लेखक शर्माले चीनसँगको बेल्ट एण्ड रोड (बीआरआईं) सम्झौता नेपालका निम्ति उपयुक्त रहेको बताए । नेपालमा मात्र नभइ विश्वका सय भन्दा बढी देशले बीआरआई सम्झौता गरेको उल्लेख गर्दै लेखक शर्माले ६ वर्षअघि हस्ताक्षर भइसकेको योजना कार्यान्वयनमा जा“दा नेपाललाई कुनै फरक नपर्ने धारणा राखे । साहित्यकार घनश्याम घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए । भुराजनीति, कुटनीतिलगायत विषयमा लेखन रुचि राख्ने शर्माको यसअघि प्रयोगशाला कृति प्रकाशनमा आएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here