हेटौंडा/राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पहिलो जिल्लाभेला सम्पन्न भएको छ । पार्टी मकवानपुरको सभापतिमा पुनः निर्विरोधरुपमा भरत पराजुली चयन भएका छन् । पराजुलीसँगै जिल्ला कार्यसमितिमा ११ जना सदस्य चयन भएका हुन् ।
भेलाबाट सचिवमा सञ्जीव पाठक चयन भएका छन् । सहसचिवमा शान्ति थापा, सदस्यहरुमा सरला कार्की, राजकुमार कार्की , रमेशकुमार थापा, विवेक शर्माकट्टेल जिल्ला सदस्य भएका छन् । मकवानपुर क्षेत्र-१ र २ का संयोजकका साथै १० वटा स्थानीय पालिका सभापति र आमन्त्रित सदस्य २ गरी २३ सदस्यीय कार्यसमिति छ ।
निर्वाचन क्षेत्र-१ बाट संयोजकमा टाकाराज थापा, उपसंयोजकमा अस्मिता न्यौपाने, सिसम माझी, सचिव किशोर अर्याल, सदस्य राजेन्द्र थापा, होमबहादुर थापामगर र सीमा न्यौपाने छन् । क्षेत्र-२ बाट संयोजक नीराजन बर्तौला, उपसंयोजक शान्ता सत्याल बिष्ट, सन्तोष बर्तौला, सचिव राधिका सामरीपाण्डे, सदस्य श्रीजना सुनार, शालिग्राम ढुंगाना, सन्दीपा डोटेल चयन भएका हुन् ।
रास्वपा मकवानपुरमा १० वटा स्थानीय तह गठन गरेसँगै रास्वपा मकवानपुरले जिल्लाभेला सम्पन्न गरेको छ । मकवानपुर जिल्ला भेलाको उद्घाटन वागमती प्रदेश सभापति डा. अच्युतम् लमिछानेले गरेका थिए । विशेष अतिथि वागमती प्रदेश प्रवक्ता उत्सव अर्याल, अतिथि चितवन सभापति, उपसभापति भीम फँुयाल, सुनिता राई, कृष्ण भेटवाललगायत नेता/कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रम पराजुलीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।