हेटौंडा/उपनिर्वाचनको संघारमा विभिन्न राजनीतिक दलका चार नेताले पुरानो पार्टी परित्याग गरी नेकपा एमालेमा औपचारिक प्रवेश गरेका छन् । नेपाली कांग्रेस (वीपी) का जिल्ला सभापति रमेश ढकाल, नेकपा माओबादी केन्द्रका नेता नारायण ढकाल, नेकपा (एकीकृत समाजवादी) का नेताद्वय सानुभाई बिश्वकर्मा र बिनोद रिजाल एमाले प्रवेश गरेको एमाले प्रचार विभाग प्रमुख उज्ज्वल चौलागाईंले जानकारी दिएका छन् ।
एमालेको पार्टी कार्यालय हेटौंडामा आयोजित विशेष समारोहमा नवआगन्तुक नेताहरुलाई एमाले जिल्ला इञ्चार्ज रामेश्वर राना र जिल्ला अध्यक्ष श्रीधर पोखरेललगायतले औपचारिक स्वागत गरेका छन् । प्रवेशले मकवानपुरको राजनीतिक समीकरणमा नया“ मोड ल्याउने अपेक्षा गरिएको छ ।