11.4 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाअटोमा गाँजा तस्करी
spot_img

अटोमा गाँजा तस्करी

spot_img

हेटौंडा/हेटौंडामा अटोमा गाँजा तस्करी हुन थालेको छ । प्रहरीले ३१ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१५, रातोमाटे चेकपोइन्टस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट पथलैयातर्फ जाँदै गरेको ना. १ ह ८३२४ नम्बर अटोबाट ३१ केजी १ सय २० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

रातोमाटेबाट अटोचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर-७, प्याङ्चे बस्ने ३३ वर्षीय शंकर स्यांतान र सोही आटोमा सवार सोही स्थानका ४० वर्षीय रामशरण प्रजालाई शंका लागेर शरीर तथा अटो खानतलासी गर्दा अटोभित्र लुकाइल्याएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि