18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासाना तथा मझौला उद्यमीको प्रदर्शनी
spot_img

साना तथा मझौला उद्यमीको प्रदर्शनी

spot_img

हेटौंडा/हेटौंडामा दुई दिने साना तथा मझौला उद्यमीका उत्पादित वस्तुहरुको बजार प्रदर्शनी मेला सुरु भएको छ । बिहीबारबाट सुरु भएको मेला शुक्रबारसम्म सञ्चालन हुनेछ ।

एलोइ प्रालि र संयुक्त राष्ट्र विकास कार्यक्रमको साझेदारीमा मेला गरिएको हो । मेला हेटौंडाको पल्पसा हलमा सञ्चालित छ । मेलामा सामुदायिक वन उपभोक्ता समूहहरु र मकवानपुरमा रहेका साना तथा मझौला उद्योगहरुबाट उत्पादित वस्तु प्रदर्शनीमा
राखिएको छ ।

- Advertisement - Ad Banner

स्थानीय उत्पादन प्रोत्साहन तथा दीगो समृद्धि प्रवद्र्धनका लागि सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेलाले स्थानीय उत्पादन प्रोत्साहन तथा आर्थिक विकासको प्रवद्र्धन गर्ने लक्ष्य रहेको आयोजक एलोइ प्रालिका अपरेसन अफिसर मलिना मानन्धरले बताइन् । मेलामा हस्तकलाका सामग्री, स्थानीय उत्पादनहरु, खाद्य स्टल र विभिन्न कृषि वस्तुको स्टल रहेको उनले बताइन् ।

मेलालाई हेटौंडा उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ र प्राकृतिक स्रोत महिला अधिकार सञ्जालको सहयोग छ । २३ वटा स्टल रहेको मेलामा बिहीबार दुई सय भन्दाबढीले अवलोकन गरेको जनाइएको छ । शुक्रबार विहान १० बजेबाट ५ बजे सम्म मेला कार्यक्रम रहने मानन्धरले बताइन् ।

महिलाहरुद्वारा उत्पादित दालमोठ, धुप, आलुचिप्स, विभिन्न अचार, हस्तकला, काष्ठकला, वन समूहले उत्पादन गरेका बेसार, दारको ठेकी, काठबाट सालकको चित्र, वनकरिया महिलाद्वारा उत्पादित तीतेपाती, घ्युकुमारी, साबुन, सहकारीद्वारा उत्पादित घ्यु, पनिर, फापरको पिठो, तेल, ह्याण्डीक्राफ्टलगायत विभिन्न वस्तुहरु प्रदर्शनी मेलामा राखिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि