Homeमकवानपुर विशेषहेटौँडाकुलेखानी ड्यामको क्षतिबारे प्रतिवेदन

कुलेखानी ड्यामको क्षतिबारे प्रतिवेदन

हेटौंडा/कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्कासमक्ष प्रतिवेदन पेस गरेको छ ।

असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका खोल्दा तल्लोतटीय क्षेत्रमा पुगेको क्षतिबारे अध्ययन गर्न असोज २२ गते गठित समितिले मंगलबार ऊर्जामन्त्री खड्कासमक्ष प्रतिवेदन पेस गरेको हो । विद्युत् विकास विभागका उपमहानिर्देशक गोकणर्राज पन्थको संयोजकत्वमा गठित समितिले स्थलगत् अध्ययन तथा छानबिन गरी उक्त प्रतिवेदन बुझाएको हो । समितिले तल्लोतटीय क्षेत्रमा भएको क्षतिको विषयमा स्थलगत् निरीक्षण गरी क्षतिको विवरण संकलन गरिएको जनाएको छ ।

कुलेखानी ड्यामको ढोका मापदण्डअनुसार खोलिएको/नखोलिएको विषयमा विस्तृतरुपमा अध्ययन गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने विषयमा सुझाव दिइएको समितिका सदस्यसचिव एवम् मन्त्रालयका उपसचिव शालिग्राम भण्डारीले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here