Homeमकवानपुर विशेषहेटौँडाप्रगतिका विद्यार्थीलाई जेसीजको स्टेसनरी

प्रगतिका विद्यार्थीलाई जेसीजको स्टेसनरी

हेटौंडा/मनहरी गाउँपालिका-६, लोथरमा रहेको प्रगति राष्ट्रिय प्राविका विद्यार्थीलाई चैनपुर जेसीज मनहरीले स्टेसनरी सामग्री सहयोग गरेको छ । जेसीज सप्ताह २०२४ अन्तर्गत् मंगलबार विहान विद्यार्थीका लागि स्टेसनरी सामग्री सहयोग गरिएको हो ।

विशेषगरि विपन्न परिवारका विद्यार्थी अध्ययनरत् स्कुल भएकाले सहयोग गरिएको जेसीज अध्यक्ष रविन ढकालले जानकारी दिए । कार्यक्रम संयोजक अर्जुन कार्कीको संयोजकत्व एवम् मनहरी गाउँपालिका कार्यपालिका सदस्य राममाया नगरकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नगरकोटीले विपन्न विद्यार्थी अध्ययनरत् विद्यालयमा सहयोग गरेकोमा जेसीजलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरिन् । जेसीज अध्यक्ष ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीताराम राई, शिक्षक सुशीला रुम्बा, सरुका नगरकोटीलगायतको आतिथ्यता थियो ।

जेसीज सप्ताहका मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले जेसीज सप्ताहको विषयमा जानकारी गराएका थिए । जेसीज सप्ताहअन्तर्गत् बुधबार स्लो मोटरसाइकल प्रतियोगिता, बिहीबार महेन्द्रज्योति मावि हाँडीखोलामा लागुपदार्थ दुव्र्यसनसम्बन्धि सचेतना कार्यक्रम, शुक्रबार समाजका लागि युवा विषयमा बालज्योति मावि मनहरी-१ मा वत्तृत्वकला र शनिबार हाँडीखोलाको लामिटारदेखि गोलघरसम्म जेसीज दौड प्रतियोगिता हुने सहमूल कार्यक्रम संयोजक नवराज रिजालले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here