Homeमकवानपुर विशेषहेटौँडाशैक्षिक सुधारमा प्राथमिकता दिईएकोः वडा अध्यक्ष सिग्देल

शैक्षिक सुधारमा प्राथमिकता दिईएकोः वडा अध्यक्ष सिग्देल

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधारलाई प्राथमिकता दिईएको नन्दस्थान टोल विकास संस्थाको साधारणसभा उद्घाटन गर्दै बताएका छन् ।

हेटौंडालाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेकोले धेरै शैक्षिक संस्था रहेको र धेरै विध्यार्थी यस वडाका शैक्षिक संस्थामा अध्ययन गर्ने भएकोले शैक्षिक गुुणस्तर कायम गर्न ४ नं. वडाले ध्यान दिएर अभियान सञ्चालन गरिरहेको बताए । विध्यालयको गुणस्तर सुधार्न स्थानीय सरकारले प्रत्यक्ष रूपमा ध्यान दिनपर्ने र प्रयाप्त लगानी गर्नुपर्ने उन्को जोड थियो ।

विकासमा जनताको लागि भएकोले विकासमा जनसहभागिता र परिचालन महत्व पूणर् हुने भन्दै वडालाई व्यवस्थित सुविधा सम्पन्न बस्ती र व्यवसायिक शहर बनाउन सबै तहको सरकारसंग समन्वय गरिरहेको, खेलकुद क्षेत्र अगाडि बढाउन र धार्मिक पर्यटनको रूपमा वडालाई विकास गर्न विशेष ध्यान दिएको बताए ।

सामाजिक रूपान्तरणको लागि सबै खाले विभेद, विकृति र हिँसा अन्त्य गर्ने र हरियाली र उज्यालो वडा बनाउन सामाजिक अभियान सञ्चालन गर्नुको साथै भाषा, संस्कृति र साहित्यलाई जनस्तरमा पुर्‍याउन वडा कार्यालय लागि परेको उन्को भनाई थियो ।

साधारणसभाले पुनः देवकुमारी ढकालको अध्यक्षतामा उपाध्यक्ष उत्तरा कुमारी रूपाखेती, सचिव किसोर दुलाल, सहसचिव निर्मल श्रेष्ठ र कोषाध्यक्ष उत्तम थापा सहित ९ सदस्यीय कार्य समिति चयन गरेको बताईएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामुदाय परिचालन प्रमुख गंगा चौलागाई, अरनिको टोल विकास संस्थाका अध्यक्ष बीरेन्द्र ढुंगाना, संस्थाका प्रमुख सल्लाहकार उत्तम शर्मा ढकाल सल्लाहकार राम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष देवकुमारी ढकालको अध्यक्षतामा भएको हो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here