10.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाचौघडामा स्वास्थ्य शिविर
spot_img

चौघडामा स्वास्थ्य शिविर

spot_img

हेटौंडा/वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको आयोजना र सिद्वस्थली रुरल कम्युनिटी हस्पिटल रामनगरको प्राविधिक सहयोगमा शनिबार चौघडामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

शिविरमा प्रेसर, सुगर, मुटुलगायत रोगहरुको परीक्षण गरिएको थियो । शिविरमा डाक्टर अभन गौतम र विष्णु श्रेष्ठले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको सहकारी अध्यक्ष रामहरि चौलागाईंले बताए । हस्पिटलले मकवानपुरमा रहेका सबै दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध दुग्ध उत्पादक किसानहरुको स्वास्थ्य परीक्षण गर्ने योजना रहेको हस्पिटल संरक्षक गोमा गौतमले बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि