Homeमकवानपुर विशेषहेटौँडाआज कुष्माण्ड नवमी

आज कुष्माण्ड नवमी

हेटौंडा/आज कार्तिक शुक्ल पक्षको नवमी तिथि । आजको यस विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ ।

आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान् विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूणर्िमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता छ । आजको दिन अमलाका अतिरिक्त भगवान् विष्णुको पनि विधिविधानले पूजाअर्चना गर्ने गरिन्छ । कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रोक्त कथन छ ।

अमलालाई एउटा फलका रुपमा मात्र हेरेका हामी सबैलाई सायद यस कुरा थाहा नहुन सक्छ कि थुप्रै गुणले भरिपूणर् यस फलको धार्मिक मान्यता पनि उतिकै छ । अमला फलको वृक्षमा भगवान् विष्णु र भगवान् शिवको बास हुने धार्मिक मान्यता छ । अमला भगवान् विष्णुको प्रिय फल रहेकाले आज अमलाको विशेष महत्व रहेको हो । आजको दिनलाई अक्षय नवमी पनि भनिन्छ ।

त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजाअर्चना गरे भगवान् विष्णु र भगवान् शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्यप्राप्त हुने मान्यता रहेको पाइन्छ । यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभइ आउने कयौं जन्मसम्म फलदायी रहनेसमेत विश्वास गरिन्छ ।

पुराणमा उल्लेख भएअनुसार आजकै दिन (कार्तिक शुक्ल पक्षको नवमी तिथि) भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गरेका हुन् । त्यसकारण आजको दिनलाई कुष्माण्ड नवमी भनिएको हो । यस विशेष दिनमा अमलाको वृक्षबाट अमृतका थोपाहरु झर्ने मान्यता छ । त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याध नष्ट हुने जनविश्वास छ । आज विहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निकै फलदायी मानिन्छ । यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूणर् पाप नष्ट भइ सबै मनोकामना पूरा हुने जनविश्वास छ ।

अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजाअर्चना गरेर पहेंलो धागोले अमलाको रुखको परिक्रमा गरिन्छ । १ सय ८ पटक अमलाको परिक्रमा गर्नाले सबै मनोकामना पूणर् हुने जनविश्वाससमेत छ । अमला तथा विष्णु भगवान्को पूजाअर्चना गरिसकेपछि खीर, पुरी, तरकारी र मिठाइ आदिको भोग लगाइन्छ । कसैकसैले अमलाको पूजनपश्चात् अमलाको छाहरीमा व्राह्मण भोज पनि गराउने गर्दछन् । अमलाको रुखमुनि बसेर ॐ धात्र्ये नमः मन्त्रले अमलाको जरामा दूधको धारा दिएर पितृहरुलाई तर्पणसमेत दिन सकिन्छ । कुष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएको हुनाले यस दिन कुभिन्डो दान गर्नाले अनन्त कोटि फल प्राप्त गर्दछ । कुभिन्डो, सुन, चाँदी, पहेंलो कपडा, तामाको भाँडोमा तिल राखेर दान गर्ने मनुष्यले आफूले चिताएको फल प्राप्त गर्दछ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here