मनिता राना
हेटौंडा/छठ पर्वको मुख्य दिन हिजो साँझ हेटौंडामा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ । बिहीबार साँझ राप्तितटमा सयौंको संख्यामा दर्शनार्थी सहभागी देखिए । ट्राफिक र सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालित थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्व सुरु भएको थियो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा उक्त गुप्तबास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्परा थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल शौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्परा सुरु भएको हो ।
व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ । यस पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिने विधि विधान छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन विहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यस पर्व समापन हुन्छ ।
छठ पर्वका लागि हेटौंडाको राप्तीक्षेत्र नदीकिनारमा सजावट गरिएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूणर्िमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यस पर्व अत्यन्त पवित्र भएर मनाउने चाडका रुपमा स्थापित भएको छ ।
अहिंसा, सद्भाव र समानताप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई-मधेश-मिथिलाञ्चलको महान् पर्वका रुपमा छठलाई मानिन्छ । तिहार र भ्रातृद्वितिया पर्व सम्पन्न हुनेबित्तिकै यहाँ छठ पर्वका लागि महिलाहरु जुट्ने गर्दछन् । कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने छठ पर्व कात्तिक शुक्ल सप्तमी तिथिको दिन सम्पन्न हुन्छ ।
छठ पर्वमा सूर्यको अति नै महत्वसाथ सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । सुख, समृद्धि, गरिब-धनी, निःसन्तान रोगबाट मुक्त तथा छुवाछुतमुक्त समाजका लागिसमेत छठ पर्व एकापसमा भाइचारासाथ मिलेर मनाइने गरिन्छ ।
मुख्यतः सन्तानप्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न हेटौडाको राप्तीलाई विभिन्न संघसंस्था र स्थानीय युवाले सरसफाइ गरी बिजुली, पण्डाललगायत व्यवस्था मिलाएका छन् । यस छठ पर्वमा विभिन्न पोखरी, तलाउ तथा सरोवरमा एकैसाथ मिलेर मनाउने गरेकाले समाजमा रहेका विकृति हटाउन सहायकसिद्ध हुने सँस्कृतिविद् रामचन्द्र आचार्य बताउँछन् । यस छठ पर्व भाकल गरेका महिला र पुरुषले पनि मनाउने गर्छन् । व्रतालुहरु रातो, पहेंलो साडी र पुरुषले पहेंलो रङको धोती लगाउँछन् ।
तलाउ तथा जलाशयमा कम्मरसम्मको भाग पानीमा डुबाएर ध्यानपूणर् मुद्रामा सूर्यतर्फ फर्केर सूर्यलाई प्रणाम गर्दै उभिएका व्रतालुहरु साक्षात् देवीकै रुपमा देखिन्छन् । व्रतालुले पूजास्थलमा गएर दूध चढाउँछन् । यसलाई सझुक्का (साँझmमा चढाइने अघ्र्य) भनिन्छ । निष्ठापूर्वक छठ पर्व मनाउनका लागि नियम निष्ठासहित पवित्रता, शुद्धता, श्रद्धा, समर्पण तथा सतर्कता अति आवश्यक मानिएको हुन्छ । कुनै गल्ती भएमा क्षमायाचनाले काम चल्दैन । कुनै किसिमको पैरवीकोे अर्थ नै रहँदैन । कुनै किसिमको गल्ती गरे/भएमा अवश्यरुपमा सजाय भोग्नैपर्ने जनमानसको मानसपाटलमा बसेको छ । तसर्थ, छठलाई कठोरत्तम् नियमनिष्ठासहितको पर्वका रुपमा भनिएको छ ।
चर्चा सूर्यको
संसारका सम्पूणर् भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सामाथि कयँैं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको जानकार बताउँछन् ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरुप रोगमुक्त हुन गएको चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भइ व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैनन्, उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेर भए पनि यस पर्व मनाउने गरिएको छ ।
इजिप्ट अर्थात् मिश्रमा एटम वा रे (सूर्यको किरण) का रुपमा सूर्यलाई सम्बोधन गरिन्छ । युनानी परम्परामा सूर्यलाई अपोलोको रुपमा लिइन्छ । रोमका प्राचीन कथामा सूर्यदेव (अपोलो) लाई त्रासद प्रेमीको संज्ञा दिइन्छ । जापानी कथाअनुसार इजानागी तथा इजानामी नामक आदि पुरुष देवता तथा आदि नारी देवताबाट सूर्यको जन्म भएको जनविश्वास छ । क्यानाडामा सूर्यलाई रेयावन भनिन्छ । चीनमा सूर्य देवताप्रतिको निष्ठा प्राचीन चित्र र मेक्सिकोमा समेत सूर्यलाई पूजन गर्ने परम्परा छ । तसर्थ पनि सूर्यको महत्वलाई नकार्न नमिल्ने सँस्कृतिविद् आचार्य बताउँछन् ।
उनका अनुसार सूर्यपूजामा छठ परमेश्वरीको प्रवेश यस कुरालाई संकेत गर्छ कि हाम्रा वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठान कसरी मिसिन पुग्छ । उनले अस्ताउँदो सूर्यलाई जुन अघ्र्य दिइन्छ, त्यो छठी परमेश्वरी हुन् र उदाउँदो सूर्यलाई जुन अघ्र्य दिइन्छ, त्यो नै दिनकर दिनानाथ वा सूर्यदेव रहेको बताउँछन् ।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । २०४६ अघि तराई मधेशलगायत सीमित क्षेत्रमा मनाइने छठले हाल राष्ट्रियस्वरुप ग्रहण गरेको छ । २०४६ देखि नै सरकारले यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा हाल फेरि दिन थालिएको छ ।