Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा-१२ मा प्रधान उम्मेदवार

हेटौंडा-१२ मा प्रधान उम्मेदवार

हेटौंडा/नेकपा माओवादी केन्द्र वागमतीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारीको नाम टुङग््याएको छ । हेटौंडा उपमहानगरपालिका-१२ मा रविन प्रधानलाई उम्मेदवार बनाइने भएको छ । माओवादी वागमतीले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार उम्मेदवारीको नाम टुंगो लगाएको हो ।

प्रदेशका चार जिल्लाका विभिन्न ७ पदमध्ये काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा भने उम्मेदवारीको नाम टुंगो लगाइएको छैन । माओवादी वागमतीले कीर्तिपुर नगरपालिकामा रिक्त मेयर पदमा प्राडा. शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, कीर्तिपुर-१ मा अष्टमान महर्जन, सोही नगरपालिका वडा नम्बर-४ मा नारायण बिष्ट र नुवाकोटको ककनी गाउँपालिका-२ मा मिलन घिमिरेलाई छनौट गरिएको छ ।

मंसिर १६ गते हुने उपचुनावका लागि नेकपा एमाले काठमाडौंले सबै उम्मेदवार टुंग्याएको छ । बुधबार बसेको एमाले काठमाडौं जिल्ला कमिटीको बैठकले कीर्तिपुरका मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको हो । महासचिव शंकर पोखरेलसमेतको उपस्थितिमा बसेको बैठकले कीर्तिपुर मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत् सिफारिस गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । कीर्तिपुर वडा नम्बर-१ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निणर्य भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर-१६ को अध्यक्षका लागि लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत् सिफारिस गरेको अध्यक्ष निरौलाले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here