Homeमकवानपुर विशेषहेटौँडापैसा अभावले रोकिएको एउटा बालकको जीवन

पैसा अभावले रोकिएको एउटा बालकको जीवन

रुपक कालीराज

हेटौंडा/आमा, मलाई दुख्यो । १८ महिनाको आरोन रोइरहेका छन् । उनको सानो शरीरमा असह्य पीडा छ । आरोन, जसले न आफ्ना आमाबाबुलाई भन्न बोल्न सक्छन्, न त आफ्नो पीडा व्यक्त गर्न । हरेक पटक दिशा गर्दा उनको आँखाबाट आँसु झर्छ । तर, बाबु मनिष थिङ र आमा एञ्जिला स्यांतान केवल टुलुटुलु हेर्न बाध्य छन् ।

२०८० जेठ २ गते । त्यस दिन मनिष र एञ्जिलाको जीवनको सबभन्दा खुशीको दिन हुनुपथ्र्यो । उनीहरु आफ्नो पहिलो सन्तानका बाबुआमा बनेका थिए । तर, प्रकृतिको खेल के थियो कुन्नि, जन्मेको केही घण्टामै बालक आरोनले बान्ता गर्न थाल्यो । हेटौंडा अस्पताल लगियो । डाक्टरको मुखबाट निस्केको शब्दले उनीहरुको संसार नै थर्कियो-तपाईंहरुका छोराको मलद्वार छैन । त्यस क्षण उनीहरुको आँखामा अँध्यारो छायो । २१ वर्षीया एञ्जिलाको मुखबाट चित्कार निस्कियो । दुई जना माया गर्ने बहिनी एक १७ की, अर्की २० कीको आँखा रसाए ।

काठमाडौंको बाल अस्पताल लैजानुपर्ने भयो । तर, कहाँबाट ल्याउने पैसा ? विहान-बेलुकाको छाक टार्न मुस्किल परिवार । जसोतसो साढे तीन लाख जुटाएर प्रारम्भिक उपचार गरियो । डाक्टरले भने-हाललाई पेटबाट दिशा गर्ने बाटो बनाएका छौं । ६ महिनापछि आउनुहोस् । तर, १८ महिना बित्दा पनि मनिषले थप उपचारका लागि पैसा जुटाउन सकेका छैनन् । पहिलेको ऋण तिर्दातिर्दै थाकेका छन् । अब थप ५-६ लाख कहाँबाट ल्याउने । ॅहरेक रात छोराको रुवाइ सुन्दा निद्रा लाग्दैन, मनिष भन्छन्-आँसु थाम्न नसकी । यति फूर्तिलो, यति बाठो छोरा । तर, मेरो गरिबीले उसलाई पीडा दिइरहेछ ।

एञ्जिला थप्छिन्-ईश्वरले पनि हामी गरिबलाई किन यस्तो पीडा दिनुभयो ? विहान-बेलुका छाक टार्न धौधौ, अनि छोराको उपचार कसरी गर्ने । स्थानीय वडा कार्यालय गएँ । पहिला उपचार गर्नुस्, बिल ल्याउनुस्, त्यसपछिमात्र सहयोग गर्न सकिन्छ । तर, पैसा भएको भए किन जान्थे सहयोग माग्न ? आशा लिएर गएका मनिष र एञ्जिला रित्तो हात फर्के । १८ महिनाको आरोन आफ्नो पीडा व्यक्त गर्न सक्दैनन् । उनको मुखबाट निस्कने रुवाइले आमाबाबुको मुटु छट्पटाउँछ । उनीहरुको आँखामा आशाको एउटै किरण छ- कतैबाट सहयोग मिल्ला र छोराको उपचार होला । ॅमेरो आशा तपाईंहरु नै हुनुहुन्छ, मनिष भन्छन्-यदि सहयोग पाए भने मेरो छोरालाई नयाँ जीवन दिन सक्छु ।

हेटौंडा-१५ का टोलविकास समन्वय समिति सचिव तथा समाजसेवी युवराज लोलामाको सकारात्मक प्रतिक्रिया पाएपछि आशाको किरण बलियो भएको छ । उनले यस विषयमा जानकारी पाउनासाथ बालकको उपचारका लागि एक विशेष अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । भोर्ले टोलविकास समिति अध्यक्ष बब्बे दोर्जेघलानले पनि यस अभियानमा पूणर् सहयोग गर्ने बचन दिएका छन् । हाम्रो पहिलो प्राथमिकता बालकको उपचार हो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here