Homeमकवानपुर विशेषहेटौँडाआलु/प्याज किसानलाई अनुदान

आलु/प्याज किसानलाई अनुदान

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । तरकारी उत्पादनका लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

पालिकाले तीन कठ्ठाभन्दा धेरै क्षेत्रफलमा प्याज खेती गर्ने किसानलाई प्रतिकठ्ठा दुई हजार पाँचसय र आलु खेती गर्ने किसानलाई प्रतिकठ्ठा एक हजार पाँचसय अनुदान दिने भएको छ । पालिकाका अनुसार आलुका लागि न्यूनतम् ५ कठ्ठा र प्याजका लागि न्यूनतम् ३ कठ्ठामा खेती गरिएको जग्गा हुनुपर्ने उल्लेख छ ।

मनहरी गाउँपालिका कृषि विकास उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत् आलु र प्याजमा मूल्य अनुदानका लागि दश लाख विनियोजन गरिएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । उत्पादनपश्चात् क्षति न्यूनीकरणका लागि कोल्ड स्टोरेजको भाडा शुल्कमा किसानलाई शत्प्रतिशत् अनुदान दिइने उनको भनाइ छ । यसका लागि पालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here