27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाचोरी आरोपमा तीन जना पक्राउ

चोरी आरोपमा तीन जना पक्राउ

हेटौंडा/मकवानपुर प्रहरीले चोरी आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सोमबार राति हेटौंडाबाट लोथर जाँदै गरेको ना. ५ ख ८१०१ नम्बर बसमा सवार रहेका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार चोरी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही बसमा सवार सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा-६ बस्ने ३२ वर्षीय लाक्पा तामाङ, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा-१० बस्ने ४२ वर्षीय प्रेमदोर्जे शेर्पा र धनकुटा छथर गाउँपालिका वडा नम्बर-३ बस्ने ३७ वर्षीय हेमराज श्रेष्ठ छन् । हुलियाका आधारमा शंका लागि खानतलासी गर्दा उनीहरुका साथबाट चोरी भएको रकम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दोर्जे शेर्पाको साथबाट १ लाख ६९ हजार ७ सय १० रुपियाँ, तामाङको साथबाट ३९ हजार रुपियाँ र श्रेष्ठको साथबाट ५ हजार ७ सय ७० रुपियाँ बरामद गरेको छ । पक्राउ परेका तीनै जनाले चोरी गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । चोरी अभियोगमा पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here