24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रचण्ड थाहा नगर आउने

प्रचण्ड थाहा नगर आउने

हेटौंडा/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाहा नगर आउने भएका छन् । माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड थाहा नगर आउने भएका हुन् ।

प्रचण्डले कात्तिक २४ गते शनिबार थाहा नगरको इन्द्रायणी चौरमा हुने सम्मेलन उद्घाटन सत्रको सभालाई सम्बोधन गर्नुका साथै शहीद/बेपत्ता परिवार, पूर्वजममुक्ति सेना सम्मान तथा पार्टीका नेता/कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर अध्यक्ष बिनोदकुमार लामाले बताए । सम्मेलनले बढीमा ४५ सदस्यीय नगर कमिटी चयन गरिने वाईसीएल नेपाल थाहा नगर अध्यक्ष मानसिं दोङले बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here