26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा नागस्वती भेट्रान्स फुटबल

हेटौंडामा नागस्वती भेट्रान्स फुटबल

हेटौंडा/हेटौंडामा मंसिर ४ गतेदेखि ८ गतेसम्म तेस्रो नागस्वती भेट्रान्स रनिङशिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा-७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । तेस्रो संस्करणको राष्ट्रिय रनिङशिल्ड फुटबल प्रतियोगितामा देशभरका १८ देखि २० वटा समूहको सहभागिता रहने आयोजक क्लब अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिए । प्रतियोगिताका प्रथमलाई २ लाख १ हजार र उपविजेतालाई १ लाख १ हजार नगद पुरस्कारसहित रनिङशिल्ड प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका विधागत् पुरस्कार ५० हजार रुपियाँ प्रदान गरिने अध्यक्ष तितुङले जानकारी दिए । हेटौंडा-७ मा रहेको नवज्योति माविको खेलमैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here