हेटौंडा/हेटौडा मकवानपुर प्रहरीले १ सय ५ किलो ६९ ग्राम गाँजासहित १ जनालाई पक्राउ गरेको छ । हेटौंडा-१९, नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डको रजैया जाने जंगलछेउमा रोकिराखेको वागमती प्रदेश ०१-०२५ च ७८७१ नम्बर योद्धा पिकअप गाडी र गाडीभित्र रहेका वडा-३, बसामाडी बस्ने २४ वर्षीय पञ्चलाल थिङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । हेटौंडा-८, क्याम्पास्थित हेटौंडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने हेटौंडाको कमाने बस्ने २४ वर्षीय सुशान्त श्रेष्ठसमेतलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ । हेटौंडा-२ स्थित शान्तिटोल बस्ने राजेश थापाक्षेत्रीको ना. ३ प ४७३ नम्बर यामाहा कम्पनीको मोटरसाइकल पार्किङ गरिराखेको अवस्थामा चोरी भएकोमा खोजतलास गर्ने क्रममा पशुपतिनगरबाट उक्त चोरीको मोटरसाइकलसहित चोरी गर्ने हेटौंडा-८ बस्ने २४ श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२, शिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा सवारी चेक गर्ने क्रममा प्रदेश २-०१-००३ प ६१०५ नम्बर मोटरसाइकलचालक कञ्चनपुरको बेलडी गाउँपालिका वडा-३ घर भइ फाष्टट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षीय राजेश्वर चौधरी र उनका मामा राहुल चौधरीलाई लेनडा“डाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटांैडातर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारिएको छ । ती समानसहित चौधरीद्वयलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।