Homeमकवानपुर विशेषहेटौँडा३० जनाले गरे रक्तदान

३० जनाले गरे रक्तदान

हेटौंडा/हेटौंडा जेसीजले विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी कार्यक्रम मनाइरहेको छ । हेटौंडा-४, हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईको प्रमुख आतिथ्यतामा भएको हो । रक्तदान कार्यक्रमको संयोजन विवेक बानियाँले गरेका हुन् । जेसीजले स्लोबाइक प्रतियोगिता आयोजना गरेको छ । हेटौंडाको सितलमहल चोकमा भएको प्रतियोगितामा सुकदेव सदाशंकर प्रथम, गोपाल थापा दोस्रो र कमल घलान तेस्रो भएको जेसीज सप्ताह २०२४ का मुल कार्यक्रम संयोजक विवेकआनन्द न्यौपानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजन विश्वप्रसाद गौतमले गरेका हुन् । हेटौंडा जेसीजले चिप्लेटीस्थित विश्वज्योति आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बुधबार जेसीज हेटौंडा वर्ष २०२४ का अध्यक्षसहित टोली विद्यालय पुगेर शैक्षिक सामग्री सहयोग गरेको हो । जेसीज सप्ताह २०२४ अन्तर्गत् विद्यार्थीलाई आवश्यक कापी, कलम, किताब, खेलकुद सामग्री सहयोग गरिएको जेसीआई हेटौंडाका कार्यकारिणी उपाध्यक्ष तथा सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक न्यौपानेले जानकारी दिए । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयका ५० जना विद्यार्थीलाई करिब ६० हजार बराबरका सामग्री हस्तान्तरण गरिएको संयोजक न्यौपानेले जानकारी दिए । हेटौंडा जेसीजले सन् २०१५ देखि विश्वज्योति आधारभुत विद्यालयलाई शैक्षिक सामग्रीहरु सहयोग गर्दै आएको उनले बताए । विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर १ वर्षका लागि पुग्ने गरी शैक्षिक सामग्री प्रदान गर्ने गरिएको जेसीजले जनाएको छ ।

हेटौंडा जेसीजका अध्यक्ष श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा-८ का वडाध्यक्ष रामकृष्ण थापा र ९ का वडाध्यक्ष सुकराम केसी, जेसीआई हेटौंडाका पूर्वअध्यक्षहरुको सहभागिता थियो । हेटौंडा जेसीजले सन् २०१९ मा विद्यालयमा शिक्षाको व्यवस्था गरिएको र सन् २०२० मा विद्यालयमा विद्यालयका लागि पानीको व्यवस्था गरिएको उनले बताए । जेसीजको सप्ताहव्यापी कार्यक्रम जारी छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here