हेटौंडा/नेपालको सबभन्दा ठुलो फास्ट मुभिङ कन्जुमर गुड्स कम्पनीमध्ये एक युनिलिभर नेपाल संकटको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरक शक्ति रहिआएको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितलाई सहयोग गर्ने प्रयासमा संलग्न छ । हालैको विनाशकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको दुःखद् घडीमा पीडित समुदायको सहयोगका लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् राहतको आवश्यकतामा परेका जनतालाई दैनिक सरसफाइका सामग्री उपलब्ध गराएको छ ।
यस अभियानलाई थप बढावा दिन युनिलिभर नेपालका प्रवन्ध निर्दे शक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्माओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनस्र्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै ५० लाखको चेक हस्तान्तरण गरेका छन् । युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्धेश्यबाट प्रेरित छ । यस्ता प्रयासमार्फत् युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिइ समुदायको हित र विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।