22.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडागाडी दुर्घटनामा चालकको मृत्यु

गाडी दुर्घटनामा चालकको मृत्यु

हेटौंडा/हेटौंडालाई काठमाडौंसँग जोड्ने कान्ति लोकपथअन्तर्गत् ललितपुरको बगुवामा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारीअनुसार दक्षिण ललितपुरको बगुवानजिक मासखोलास्थित कान्तिलोकपथमा ग. २ च ९६६८ नम्बर कुखुरा बोकेर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बोलेरो गाडी बुधबार विहान दुर्घटनामा परेको हो ।

प्रहरी चौकीका अनुसार गाडी दुर्घटनापछि चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । चालक चितवन-१६, भरतपुरका २८ वर्षीय भरत लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ । सहचालकको परिचय खुल्न सकेको छैन । गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल लगिएको छ । गाडी सडकबाट खसेर भीरमा करिब ५ सय मिटर तल पुगेको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here