हेटौंडा/जिल्ला अदालत मकवानपुरले बालिका बलात्कार गरेको ठहर गर्दै एक युवालाई १२ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शुकन्तला कार्कीको इजलासले हेटौंडा उपमहानगरपालिका-१४, बँदेलधापका ३८ वर्षीय मीनबहादुर लोप्चनले बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतले ५ लाख रुपियाँ जरिवानाका साथै पीडकबाट पीडितलाई ४० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ ।
२०८० साउन १ मा १३ वर्षीया बालिकालाई दिदीको घरमा डाकेर ललाइफकाइ बलात्कार गरेको र बालिकाका आफन्तले उक्त घटना थाहा पाएपछि प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले लोप्चनलाई साउन २ मा पक्राउ गरेको थियो । पक्राउ परेका लोप्चन पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।