हेटौंडा/जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले कार्यालय तथा मातहत प्रहरी युनिटहरुका प्रमुखको उपस्थितिमा नियमित मासिक मिटिङमार्फत् चाडपर्वलक्षित सुरक्षा योजनाको कार्यान्वयन, वर्तमान सुरक्षा चुनौती विश्लेषण तथा समसामायिक विषयबस्तुमाथि केन्द्रित रही आवश्यक निर्दे शन दिएका छन् । तालुक वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्मासँग कार्यालय प्रमुखबीच आव २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएअनुरुप कार्यालय प्रमुखसँग मातहत वप्रका हेटौंडा तथा इप्रका प्रमुखहरुसँग मकवानपुर जिल्लाभित्र अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, प्रहरीको क्षमता अभिवृद्धि तथा समग्र लक्ष्यप्राप्तिको अभिप्रायले मातहत वप्रका हेटौंडा तथा इप्रकालगायत सम्पूणर् प्रहरी एकाईंसमेतलाई जिम्मेवारी एवम् उत्तरदायी बनाउन वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको हो ।