26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावागमतीमा स्वास्थ्योपचार पूणर् निःशुल्क

वागमतीमा स्वास्थ्योपचार पूणर् निःशुल्क

हेटौंडा/वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई पूणर् निःशुल्क गर्ने गरी काम भइरहेको बताएका छन् । हेटौंडामा आयोजित प्रदेश स्वास्थ्य निर्र्दे शनालयको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुन नदिने गरी सुसूचित गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे । बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धि परीक्षण नगरिएका खाद्यवस्तु खाने, अव्यवस्थित जीवनपद्धति अवलम्बन गर्दा स्वास्थ्य समस्या हुन्छ । त्यसैले दैनिकी, खानपानलगायत स्वास्थ्य बन्ने कुरामा सचेत गराउने तथा स्वस्थ्य जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारेका छौं । यसमा सबैको सहयोग आवश्यक छ, उनको भनाइ थियो ।

मुख्यमन्त्री लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावकारी बनाइने बताए । आफूहरुले सरकारमा बसेर नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काम भनेको कर्मचारीले गर्नुपर्ने उनले बताए । मुलुकमा उद्योगधन्दा नखुल्ने अनि रोजगारीका अवसर भएन भनेर भन्नुको कुनै अर्थ नहुने मुख्यमन्त्री लामाले बताए । कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले संघीयता लागु भएपछि स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको बताए । उनले अस्पताल प्रदेश सरकारमातहत आएपछि प्राविधिक तथा जनशक्तिमा समेत सुधार गरी सेवाप्रवाहलाई चुस्त बनाइएको जिकिर गरे ।

स्वास्थ्य मन्त्री मगरले समीक्षा गोष्ठीसँगै गत वर्षको भएका कमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले स्वास्थ्य क्षेत्रको सुधारका लागि कर्मचारी, स्वास्थ्यकर्मी र राजनीतिक नेतृत्वलगायत सबै जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने धारणा राखे । गोष्ठीमा प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख एवम् प्रतिनिधि, स्वास्थ्य मन्त्रालयअन्तर्गत् कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रम ३ दिन चल्नेछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here