26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासप्ताह मनाउँदै हेटौंडा जेसिज

सप्ताह मनाउँदै हेटौंडा जेसिज

हेटौंडा/हेटौंडा जेसिजले जेसीज सप्ताह २०२४ विभिन्न कार्यक्रमहरु गरी मनाउने भएको छ । आज सोमबारदेखि कार्तिक ९ गतेसम्म साइकल रेसलगायत लागुपदार्थ दुव्र्यसनसम्बन्धि जागरुकता कार्यक्रमहरु गरिने जेसिज अध्यक्ष विकेशलाल श्रेष्ठले पत्रकार सम्मेलनमार्फत् बताएका छन् । गत वर्षहरुमा सप्ताहव्यापीरुपमा सात दिन कार्यक्रमहरु गरिए पनि यस वर्ष ४ दिनमा ७ वटा कार्यक्रमहरु सम्पन्न गर्न लागिएको जेसिज अध्यक्ष श्रेष्ठले बताए । जेसिज सप्ताहअन्तर्गत् कार्तिक ६ गते साइकल रेस प्रतियोगिता गर्दै सप्ताहव्यापी कार्यक्रम उद्घाटन गरिने छ । हेटौंडा-५, सिचाईं टोलबाट सुरु हुने साइकल रेस मनकामना मन्दिर पुगेर समाप्त हुने बताइएको छ ।

सोही दिन अन्तर हेटौंडा जेसीज वक्तृत्वकला प्रतियोगिता, कार्तिक ७ गते शैक्षिक सामग्री वितरण, कार्तिक ८ गते रक्तदान कार्यक्रम, स्लो मोटरसाइकल रेस प्रतियोगिता र लागुपदार्थ दुव्र्यसनबारे जागरुकता कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम विवेकआनन्द न्यौपाने र आतिश दाहालको संयोजकत्वमा हुने भएको छ । अन्तिम दिन कार्तिक ९ गते पुरस्कार र प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here