24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडादुर्घटनामा ३ को मृत्यु

दुर्घटनामा ३ को मृत्यु

हेटौंडा/चितवनको भरतपुर महानगरपालिका-२९, जुगेडी बजारमा ना. ४२ प ४८९० नम्बर मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१७ बस्ने ६२ वर्षीय धनिराम महतोको मृत्यु भएको छ । मोटरसाइकलले शनिबार विहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
गोरखा नगरपालिका-१०, हुल्चेस्थित सडकमा हाल नम्बर नखुलेको क्रेन करिब २० मिटर तल खोल्सामा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा सोही क्रेनले च्यापिएर बारा जितपुरसिमरा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको छ ।

क्रेनचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका-४, गोकुवाचोकस्थित सडकमा प्र.१-०२-०५४ प ९२०२ नम्बर मोटरसाइकलाई प्र. १-०२-००१ क ३७१३ नम्बर ट्रकले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार संखुवासभा घर भएका २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारका क्रममा मृत्यु भएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here