मनिता राना\हेटौंंडा/हालैको वर्षाले वागमती साना जलविद्युत् आयोजना मकवानपुरमा सबभन्दा ठूलो क्षति भएको छ । मान्डु हाइड्रोपावरमा क्षति करिब १ अर्ब रुपियाँ क्षति भएको देखिएको हो । उक्त पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति भएको छ । २२ मेगावाट् क्षमताको वागमती साना जलविद्युत् आयोजनामा करिब १ अर्ब बराबरको क्षति पुगेको छ । देशका २० आयोजना प्रभावित भएकोमा १५ आयोजनामै २ अर्ब ३१ करोड बराबरको क्षति भएको बताइएको छ । माण्डु पुनर्सचालनमा आउन करिब ८ महिना लाग्ने भएको छ । भीमफेदी गाउँपालिका-८, वागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरको हेडडेक्र्स, पावरहाउस, पेनष्टकपाइप र विद्युत्को टावर क्षतिग्रस्त भएको छ । कुलेखानी जलविद्युत् व्यवस्थापनको कमजोरीले मान्डु हाइड्रोपावरको पावरहाउस बगाएको कम्पनीले जनाएको छ ।
कुलेखानी जलविद्युत् व्यवस्थापनले मौसम पूर्वानुमानको जानकारी हुँदाहुँदै तीन दिनदेखिको पानीलाई एकैपटक पास गराउँदा उक्त क्षति भएको कम्पनीले जनाएको छ । कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलिएको थियो । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । त्यसपछि उक्त ड्यामको पिँधमा जमेको गिटीढुंगा सफा नगरेका कारणले पनि चाँडो ड्याम भरिएको हो । साथमा कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत्गृह सञ्चालन गरिएका थिए । कुलेखानी जलविद्युत् आयोजनाबाट १ सय ६ मेगावाट् विद्युत् उत्पादन हुन्छ । तीन वटा एकैपटक सञ्चालन हुनु र ड्यामबाट एकैपटक पानी पास गराउँदा उक्त स्थानबाट तल रहेका संरचनामा क्षति पुगेको हो ।
कुलेखानीको पानी खोल्न पहिला त्यसभन्दा तल रहेका संरचनाका व्यवस्थापकलाई जानकारी गराउनुपर्ने शर्त रहेको मान्डु हाइड्रोका व्यवस्थापकले जनाएको छ । तर, उक्त ड्याम खोल्दा कुनै पनि जानकारी नै नगराइ एकैपटक ड्यामका ढोका खोल्दा मान्डु हाइड्रोपावरको हाउस नै बगाएको छ । माथिको मूल नफुटी कुलेखानी भरिँदैन । हालैको पानीले मुल फुटेपछि भरिएको छ । कुलेखानी जलाशय भरि“दा मुलुकमा अघोषित लोडसेडिङ हुने सम्भावना कम हुन्छ । कुलेखानी ताल भरिनका लागि थाहा नगरबाट बगेर आउने ठाडो खोला, चित्लाङ खोला, फाखेलको महालक्ष्मीलगायत खोलानालाले लाखौंको क्षति गरेका छन् ।
जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर पानी संकलन गर्नेछ । त्यसपछि ओभरफ्लो हुने पानीलाई बाँधको माथि सिमेन्टका बोरा राखेर थप ३० सेन्टिमिटर संकलन गर्न सकिन्छ । २०७२ को भुकम्पपछि कुलेखानी भरिएको थिएन । २०७२ पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलव ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १ सय ६ मेगावाट् बिजुली उत्पादन हुने गरेको छ ।