24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाभीमफेदी र बकैयामा विद्युत्सेवा सुचारु

भीमफेदी र बकैयामा विद्युत्सेवा सुचारु

हेटौंडा/अविरल वर्षाका कारण आएको बाढीपहिरोले मकवानपुरको भीमफेदी र बकैया गाउँपालिका विभिन्न क्षेत्रमा अबरुद्ध विद्युत्सेवा सुचारु भएको छ । असोज १० गतेदेखि अबरुद्ध उक्त क्षेत्रका एक हजार बढी घरधुरीमा शनिबार साँझबाट विद्युत्सेवा सुचारु भएको हो । अविरल वर्षाका कारण आएको बाढीपहिरोले भीमफेदी-८, इपाका सबै गाउँहरु र बकैया-१२ का कोलखोप, रातोमाटे, ठिंगनडाँडा, ठिगन बजार, धारापानी, चिप्लेटीलगायत क्षेत्रका विद्युत् अबरुद्ध भएको थियो । उक्त क्षेत्रमा कुलेखानी फिडरबाट विद्युत्प्रवाह गरिएको र कुलेखानी फिडरको सिस्नेरी खण्डमा वर्षाका कारण क्षति भएकाले कमाने फिडरबाट विद्युत्सेवा सुचारु गरिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

उनले स्थानीयको जनश्रमदान र नेपाल् विद्युत् प्राधिकरण हेटौडा वितरण केन्द्रका प्राविधिक जनशक्तिका कारण सेवा सुचारु गर्न सकिएको बताए । विद्युत् प्राधिकरणबाट बिजुलीको पोल, तारलगायत आवश्यक सामग्री लिएर अध्यक्ष लामा आफैं फिल्डमा बसेर लाइन विस्तारको काममा जुटेका थिए । असोज १०, ११ र १२ गतेको वर्षापछि उक्त क्षेत्रमा सडक, बिजुली र फोन सेवा अवरुद्ध भएका थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here