हेटौंडा/चाडपर्वको समयमा दुर्घटनाको चाप बढ्ने र घाइतेहरुले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले हरेक वर्षझै मकवानपुर क्योकुसिन कराते संघको आयोजनमा पाँचौं खुला रक्तदान कार्यक्रम सम्पन्न भयो । जिल्ला संघ अध्यक्ष बुदिनाथ न्यौपानेको सभाध्यक्षता, हेटौंडा उपमहानगरपालिका-१८ का अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यता, केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
सुदर्शन खतिवडा, सुशन श्रेष्ठ, बालकृष्ण दाहाल (रेडियो अनमोल) लाई कदरपत्रबाट सम्मान गरिएको कार्यक्रममा महिला ४ सहित २१ जनाले रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान गरेको कार्यक्रम सञ्चालक एवम् संघ सचिव रामशरण धितालले जानकारी गराए । हाम्रो यो सानो प्रयासले चाडपर्वमा रगत अभावमा रहेका बिरामीहरुले धेरै ठूलो राहत पाउने छन्, आयोजक संघ प्रशिक्षक सुमन कर्माचार्यले बताए ।