21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासमस्यामा परेकालाई सहयोग गर्न आह्वान
spot_img

समस्यामा परेकालाई सहयोग गर्न आह्वान

spot_img

हेटौंडा/हेटौंडा जेसीजले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपालीहरुको महान् पर्व दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष बिकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा वर्ष सन् २००५ का अध्यक्ष देवेन्द्रध्वज कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले चाडपर्वको अवसरमा सम्पूणर् नेपालीहरुमा सुखशान्ति, समृद्धिको कामना गर्दै आपसी सद्भाव एवम् भाइचारा सम्बन्ध स्थापित होस् भन्दै शुभकामना दिए । उनले यस वर्ष प्राकृतिक प्रकोपका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै विपत्तिबाट जोगिँदै समस्यामा परेकालाई सहयोग गरेर चाडपर्वको खुशी साटासाट गर्न आह्वान गरे ।

सभाध्यक्ष श्रेष्ठले असत्यमाथि सत्यको विजय भएको प्रतीकका रुपमा दशैं पर्व भव्यतासाथ मान्ने सँस्कृतिको प्रादुर्भाव भएको स्मरण गरे । दशैंले एकताको सन्देशप्रवाह गरेको भन्दै अध्यक्ष श्रेष्ठले मकवानपुरमा रहेका सम्पूणर् जेसीज शाखाहरुलाई हातेमालो गरेर सामाजिक सेवा तथा संस्थागत् विकासको क्षेत्रमा अघि बढ्न आह्वान गरे । उनले प्राकृत्तिक विपत्तिमा परेकाहरुलाई जेसीजमार्फत् सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । कार्यक्रममा जेसीज निवर्तमान शाखा अध्यक्ष श्रवणकुमार बर्तौला, पूर्वअध्यक्षहरु पवनकुमार कंशाकार, राजदेव बनियाँ, कुशकुमार रिजाल, अरुणकुमार दाहाल, बस्तीपुर जेसीज अध्यक्ष अमृत पाठक, चैनपुर जेसीज अध्यक्ष रविन ढकाल, हेटौंडा लेडी जेसीज अध्यक्ष सजिता केसी, बकैया जेसीज संस्थापक अध्यक्ष रमेश फुयाँललगायतको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि