26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावडा-११ बन्यो बालमैत्री

वडा-११ बन्यो बालमैत्री

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा-११ निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् उपप्रमुख राजेश बानियाँको विशेष आतिथ्यतामा शनिबार आयोजित एक कार्यक्रममा वडालाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्दे शिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचकमध्ये ४४ वटा सूचकमा शत्प्रतिशत् र बाँकी सूचकमा ८० प्रतिशत्भन्दा माथि नतिजा हासिल गरिसकेको वडा अध्यक्ष जुना दाहालले बताइन् । अध्यक्ष दाहालले घोषणाको दीगोपन कायम गर्न वडाको पञ्चवर्षीय रणनीतिक योजनासमेत तयार भइसकेको जानकारी दिइन् ।

२०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने सरकारको लक्ष्यअनुरुप वडालाई बालमैत्री वडा घोषणा गरिएको उनले बताइन् । कार्यक्रममा नगर प्रमुख लामाले बालमैत्री वडा घोषणाको दीगोपन कायम गर्न वडा कार्यालयलाई आग्रह गरिन् । उनले निकट भविष्यमा बालमैत्री नगर घोषणा गर्ने तयारीमा उपमहानगर रहेको बताइन् । ३ हजार ४ सय १७ बालबालिका रहेको वडामा २५ वटा बालसमूह र एउटा वडा बालसञ्जाल छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here