27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकामधेनुमा पुनः बिडारीकै नेतृत्व

कामधेनुमा पुनः बिडारीकै नेतृत्व

हेटौंडा/हेटौंडा-६, चुच्चेखोलामा अवस्थित कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन शनिबार भएको छ । संस्था अध्यक्ष उदय बिडारीको सभाध्यक्षता तथा वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभाले आगामी ४ वर्षका लागि पुनः बिडारीकै नेतृत्वमा कार्यसमिति चयन गरेको छ । संस्था उपाध्यक्षमा केशब धिताल र सदस्यमा अम्बिका सापकोटा, गीता न्यौपाने, श्यामलाल श्रेष्ठ, रमेशकुमार थापा, चित्रकुमार गौतम, कविराज पुडासैनी र कल्पना पराजुली चयन भएका छन् । समितिको लेखा समिति संयोजकमा पूणर्भद्र चौलागाईं चयन भएका छन् भने सदस्यमा यशोदा चौलागाईं र प्रकाश ढुंगाना छन् ।

सहकारीले आव २०८०/८१ मा तीन करोड २२ लाख २२ हजार ५ सय ७० रुपियाँ कुल कारोबार गरेको छ । ३३ लाख ४२ हजार ९ सय ६० रुपियाँ शेयर पँुजी रहेको संस्थामा ७ लाख २७ हजार १ सय ८१ रुपियाँ जगेडाकोष रहेको संस्था व्यवस्थापक भीमसेन पौडेलले बताए । संस्थाको बचत निक्षेप २ करोड ३६ लाख ९३ हजार ३ सय ४४ रुपियाँ छ भने सहकारीले आफ्ना सदस्यलाई २ करोड ५४ लाख ४९ हजार कर्जा लगानी गरेको छ । सहकारीले आव २०८०/०८१ मा एक करोड १३ लाख ३५ हजार ऋणप्रवाह गरेको ऋण उपसमिति संयोजक उदयप्रकाश दाहालले बताए । संस्थाले कुल लगानीको व्यापार/व्यवसायमा ४५.१७ प्रतिशत्, कृषिमा ३४.७६ प्रतिशत्, पशुपालनमा १.९८ प्रतिशत् र वैदेशिक रोगजारमा १८.०९ प्रतिशत् कर्जाप्रवाह गरेको छ, संयोजक दाहालले भने ।

सहकारीले संस्थापक शेयर सदस्य दीर्घमणि भट्टराई र दुर्गादेवी ढुंगाना, ज्येष्ठ सदस्य हरिप्रसाद सिग्देल र कोशिल्या सुबेदी, एकल महिला सदस्य पूणर्लक्ष्मी घिमिरे, उत्कृष्ट व्यवसायी सदस्य श्यामकुमार मानन्धरलाई सम्मान गरेको थियो । संस्थामा बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवाशुल्क बुझाउने गौरवकुमार पराजुली, खुत्रुकेमा बढी बचत गर्ने परिसा पराजुली, खुत्रुकेमा नियमित बचत गर्ने प्रकृति पराजुली, एसईईमा उत्कृष्ट जीपीए ल्याउने गरिमा भट्टराईलाई सम्मान गरिएको थियो । जोडी सम्मानमा कृष्णप्रसाद घोरसैनी र राधिका सापकोटा, नवराज पौडेल र जीवकुमारी पौडेललाई सम्मान गरिनुका साथै टिम टेलिभिजनका स्टेसन प्रमुख रामशरण दुलाललाई सञ्चारकर्मी सम्मानबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य विजय पौडेल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बहुउद्धेश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, जनकल्याण साकोस अध्यक्ष हिमाल पौडेल, संस्था निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, पूर्वअध्यक्ष कुमारमणि दाहाल, नारीचेतना साकोस अध्यक्ष राधिका गौतम, नौलो विहानी कृषि सहकारी संस्था अध्यक्ष विष्णुप्रसाद ढुंगाना, चौघडा साकोस उपाध्यक्ष त्रिविक्रम मानन्धर, रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष लक्ष्मण कटुवाल, लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुनप्रसाद देबकोटा, वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था उपाध्यक्ष केशबप्रसाद धिताल, संस्था लेखा समिति संयोजक केदारप्रसाद गौतम र नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष रुपेश दुलाललगायतको आतिथ्यता थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here