22.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा-काठमाडौं छोटो दुरीका मार्गहरु कहिले ?

हेटौंडा-काठमाडौं छोटो दुरीका मार्गहरु कहिले ?

सुनिता बिष्ट\हेटौंडा/संघीय राजधानी काठमाडौं र वागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने दुई छोटो दुरीका बैकल्पिक मार्गहरु यतिबेला अवरुद्ध छन् । हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडक र हेटौंडा-भीमफेदी-सिस्नेरी-काठमाडौं सडक यतिबेला पूणर्रुपमा अवरुद्ध भएका हुन् । बिहीबारदेखिको वर्षाका कारण आएको पहिरोले करिब डेढ दर्जन बढी ठाउँमा सडक भत्किएको छ । सानातिना पहिरो स्काभेटरले पन्छाइए पनि ठूला पहिरो र मोटरेबल पुल बगाएपछि दशैंको बेला यी सडकबाट यात्रा गर्न पाइन्छ कि पाइँदैन भन्ने अन्यौलता कायम छ । हेटौंडा-काठमाडौं आउजाउ गर्ने सवारीहरु यतिबेला त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा-पालुङ-चन्द्रागिरि हुँदै काठमाडौं पुग्ने गरिरहेका छन् । छोटो दुरीको मार्ग अवरुद्ध हुँदा चाडपर्वको मुखमा हजारौं यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।

सोमबारदेखि तीन तहका सरकारहरु सडक मर्मतमा लागिपरेको सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधिहरु बताउँछन् । चाडपर्वका समयमा यात्रुहरुको सहजताका लागि हेटौंडा र काठमाडौं दुवैतर्फबाट सडक मर्मतको काम भइरहेको बताइएको छ । तथापि, सडकको अवस्था निकै बिग्रिएका कारण मर्मतका लागि केही समय लाग्नसक्ने प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौंडाका इञ्जिनियर अभिषेक मरासिनी बताउँछन् ।
फूलपाती वा अघिल्लो दिनसम्म उक्त सडक सञ्चालनमा ल्याउन रातदिन काम गरिरहेको मरासिनीको भनाइ छ । यही दिन सञ्चालनमा ल्याउन सकिन्छ भन्ने स्थिति छैन, उनले भने-काम तीव्ररुपमा भइरहेको छ । कुलेखानी ड्यामतलको पुल मर्मत र सिस्नेरीको सडक मर्मत सकिएपछि बाटो सञ्चालनमा आउँछ ।

मकवानपुरको कुलेखानी जलविद्युत् केन्द्रको जलाशायको बाँध खोल्दा इन्द्रसरोवर गाउँपालिका-३ मा पर्ने सिस्नेरी बजारसमेत बगायो । पहिरोमा परेर जना एन्फाका विद्यार्थीहरुले समेत ज्यान गुमाउन पुगे । सोही पानीका कारण सिस्नेरीमा पर्ने सडक खोलाको बगरमा मिसिएको छ । पुल भत्किएको अवस्था छ । तर। प्रदेश र संघ राजधानी आवतजावतका लागि प्रदेश सरकारका मन्त्री आफैं त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा-पालुङ-चन्द्रागिरि-काठमाडौं सडक प्रयोग गरिरहेका छन् । सधैं प्रयोग गर्ने छोटो दुरीका सडक अवरुद्ध हुँदा ती सडक सञ्चालन गर्न प्रदेश सरकारले उत्तिकै चासो देखाएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने बताउँछन् । सरकारका प्रवक्तासमेत रहेका लामिछानेका अनुसार उक्त सडक मर्मतका लागि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, प्रदेशको यातायात पूर्वाधार विकास निर्दे शनालयलगायत टोली फिल्डमै खटिएर लागेको उनको भनाइ छ । वागमती नदीले भीमफेदी गाउँपालिका-८ मा बगुवाको पुल बगाएपछि कान्तिलोकपथ सडक पनि पूणर्रुपमा अवरुद्ध छ । यसका लागि भने प्रदेश सरकारले ठोस योजना बनाएको पाइँदैन ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here