26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडायात्रु सहायताकक्ष सञ्चालनमा

यात्रु सहायताकक्ष सञ्चालनमा

मनिता राना\हेटौंडा/चाडपर्व नजिकिएसँगै विभिन्न आपराधिक घटनाहरु हुने गरेका छन् । पछिल्लो समयमा हेटौंडामा पनि लुटपाट, चोरीडँकैती, ठगी, टिकट अभाव र भाडाबृद्धि तथा विभिन्न आपराधिक घटना र सवारी दुर्घटना हुने गरेका छन् । यस्ता आपराधिक घटना र दुर्घटनाका कारण जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरका विभिन्न स्थानहरुमा नागरिक यात्रु सहायताकक्ष सञ्चालन गरेको छ । सबभन्दा धेरै घटना हेटौंडा बजारको मुख्य क्षेत्र बसपार्कमा हुने गरेको कारण बसपार्कमा सामुदायिक प्रहरी र जिल्ला प्रहरीको समन्वयमा यात्रु सहायताकक्ष (हेल्पडेस्क) सञ्चालनमा ल्याइएको प्रहरी सहायक हवल्दार सबिना पोखरेलले जानकारी दिइन् ।

चाडपर्वमा चोरी हुने, टिकट अभाव हुने हुँदा हेल्पडेस्कबाट नागरिकले सहायता लिन सक्ने उनले बताइन् । समाजमा चाडपर्वको समयमा यस्ता घटना घटे, देखे वा सम्भावना भए तत्काल नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा पनि खबर गर्न उनले अनुरोध गरिन् । हालसम्म हेटौंडा-१० बसपार्क, हेटौंडा-१५ रातोमाटे, मनहरी र हेटौंडा-१ स्थित त्रिभुवन राजपथमा सुमोका यात्रुलाई सहजता प्रदान गर्ने गरी पिपलबोटनजिक सुमो काउन्टर राखिएको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । अघिल्लो वर्षको चाडपर्वमा भएका घटनालाई मध्यनजर गर्दै यस वर्ष पनि विभिन्न सुरक्षा योजना बनाइएको उनले बताए । सवारी दुर्घटना, जुवातास नियन्त्रण, मादकपदार्थ सेवनबाट हुने झैझगडालाई विशेष निगरानी गरिने उनले दाबी गरे । चाडपर्वमा आपराधिक घटना घट्न नदिन जिल्लाबाट १ सय ७५ सुरक्षाकर्मी खटाइएको उपरीक्षक खड्काले बताए ।

सवारी दुर्घटना न्यून गर्नका लागि ट्राफिक प्रहरीलाई पनि दिनरात खटाइएको उनले बताए । चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्रवरपर खासै आपराधिक घटना नघटेको तर मकवानपुरगढीमा मोटरसाइकल चोरीलगायत अन्य घटना घटेको छ, उपरीक्षक खड्काले भने । शान्तिपूणर्रुपमा चाडपर्व मनाउनका लागि २४ सै घण्टा प्रहरी परिचालन गरिने र ट्राफिक नियमको पूणर्पालना रात्रिकालिन सुरक्षाका लागि पनि ५ स्थानमा बेस बनाइएको उनले बताए । सवारी लुटपाट रोक्नका लागि यात्रुबाहक बसमा हतियारसहित प्रहरी परिचालनको योजनासहित बजार अनुगमन, मठमन्दिर तथा धेरै आर्थिक कारोबार हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको उनले बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here