शिखा सेञ्चुरी\हेटौंडा/हेटौंडा-११ वडा शनिबार बालमैत्री घोषणा हुने भएको छ । बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि वडालाई बालमैत्री घोषणा गर्न लागिएको वडा अध्यक्ष जुना दाहालले बताइन् । उनले भनिन्-सभ्य र सरल तरिकाले वडालाई घोषणा गरिनेछ । बालबालिकाको अधिकार भनेको राम्रोसँग पढ्न पाउनु हो । बालविवाह होइन । बालबालिकालाई पढ्न विद्यालय पठाऔं । बालबालिकामा लगानी-सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारासाथ वडालाई निकृष्ट बालश्रम मुक्त, वालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
वडामा सामुदायिक र संस्थागत् गरी ६ विद्यालय सञ्चालनमा छन् । २५ वटा बाल समूह र १ वडा बालसञ्जाल छन्, जसमा ६ सय २५ बालबलिका आवद्ध छन् । विभिन्न संरचनागत् समितिहरुमा समेत गरी ६ सय ६९ बालबालिकाहरुको प्रत्यक्ष सहभागिता छ । वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, वाल समूह, वाल समूह सञ्जाल, टोलविकास संस्थाहरु, युवा क्लब, आमा समूहका साथै सामुदायिक संस्थाहरु क्रियाशील छन् । पूणर्खोप वडा घोषणा, पूणर्साक्षर वडा घोषणा, खुला दिसामुक्त वडा घोषणा भइसकेको वडालाई वालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचकमा अभ्यास गरी ४४ सूचकमा सत्प्रतिशत् नतिजा प्राप्त भएको, १ सूचकमा ९९ प्रतिशत्, १ सूचकमा ९८ प्रतिशत्, १ सूचकमा ९७ प्रतिशत्, १ वटा सूचकमा ९५ प्रतिशत्, १ सूचकमा ९० प्रतिशत्, १ सूचकमा ८१ प्रतिशत् र १ सूचकमा ८० प्रतिशत् नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आइपुगेको दाहालले बताइन् ।
हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिकाका रुपमा घोषणा गर्न २०७९ भदौ ५ गते सरोकारवालाको उपस्थितिमा प्रतिबद्धतामा हस्ताक्षर गरी भदौ २४ गते नगर कार्यपालिकाबाट निणर्य गरेकोमा उक्त वडाले पनि २०७९ मंसिर २१ गते सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गरी अभियानलाई आत्मसात् गर्दै कार्यान्वयनका लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् । नेपाल सरकारले निर्धारण गरेका बालअधिकारका महत्वपूणर् पक्षहरु बालबचाऊ, बालसंरक्षण, वालविकास र बालसहभागिताका साथै यसका लागि संस्थागत् विकासका ५१ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेको भन्दै उनले सूचक पूरा भएको सन्दर्भमा सरोकारवाला निकायहरुसँग अन्तत्र्रिmया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दीगोपना कायम गर्नका लागि अन्तिम सूचकमापनको प्रतिवेदन, स्थितिपत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजनासमेत तयार भइसकेको
बताइन् ।
जिल्लास्तरीय अनुगमन समितिबाट अनुगमनसमेत भएको छ । यस अभियानलाई सफल पार्न सम्पूणर् वडाबासीलगायत विद्यालय, टोलविकास संस्था, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आआफ्नो स्थानबाट सक्दो साथ र सहयोग दिएकाले घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको उल्लेख गरिन् । विहान १० बजे बृहत् प्रभातफेरीसहित वडा परिक्रमापश्चात् नवलपुर पार्टी प्यालेसको हलमा सञ्चालन हुनेछ । घोषणा कार्यक्रमलाई वडाको गौरव र शानको विषयका रुपमा लिइ महान् अभियानलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न सम्पूणर् वडाबासीले आआफ्नो स्थानबाट साथ, सहयोग र सहभागिता र अभियानमा ऐक्यबद्धता जनाइदिन वडा कार्यालयले अपिल गरेको छ ।
हेटौंडा-११ को कुल क्षेत्रफल ९.६६ वर्ग किलोमिटर छ । वडाको पूर्वमा वडा-१०, पश्चिममा वडा-३, उत्तरमा वडा-१ र दक्षिणमा राप्तिखोला (वडा-१२) छन् । वडाका केही क्षेत्र शहरी छन् भने अधिकांश भाग ग्रामीण छन् । वडाभित्र प्रदेशको व्यवस्थित पर्यटकीय क्षेत्र शहीद स्मारक पार्क, धार्मिकस्थल पुण्यक्षेत्र छन् । वडाको करिब मध्यभागमा महेन्द्र राजमार्ग अवस्थित छ । घरधुरी सर्वेक्षण, २०७९ अनुसार वडाको कुल जनसंख्या ११ हजार १ सय ५ छ । जसमध्ये ५ हजार ४ सय ५१ महिला छन् । वडामा कुल बालबालिका ३ हजार ४ सय १७ छन् । जसमा बालिका १ हजार ६ सय १९ छन् ।
आजका बालबालिका भविष्यका राज्यका नेतृत्वकर्ता हुन् ।
हामीले बालबालिकालाई आवश्यक शिक्षा, स्वास्थ्य, हेरचाह, अवसर, वृत्तिविकास र सहभागिताको अवसर दिन सकेमात्र भविष्यमा राज्यले एउटा असल, सभ्य र सक्षम नागरिक पाउन सक्दछ । बालबालिकाको व्यक्तित्व तथा वृत्तिविकासका लागि दिइने वातावरण, अवसर र व्यवहार नै वालमैत्री हो । बालबालिकाहरुको मौलिक तथा आधारभुत अधिकार सुनिश्चित गर्न ल्याइएको शासकीय अवधारणा वालमैत्री स्थानीय शासन हो । बालमैत्री स्थानीय शासन अभियान स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को कार्यान्वयनस“गै विभिन्न स्थानीय तहहरुले शुरु गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय घोषणा कार्यविधि, २०७९ कार्यान्वयनमा छ । नेपाल सरकाले २०८७ सम्म सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तहका रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ ।