26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा सिभिल एभिएसनको पढाई हुंदै

हेटौंडामा सिभिल एभिएसनको पढाई हुंदै

हेटौंडा/हेटौंडाको नीजि क्षेत्रको लोकप्रिय बिद्यालय हेटौंडा एकेडेमीले उच्च शिक्षाअन्तर्गत सिभिल एभिएसन बिषयको अध्यापन गराउने तयारी थालेको छ । नेपाली युवा प्लस टु सकिना साथ विदेशमा उच्च शिक्षा अध्यापनका नाममा पलायन हुने परि- पाटीको अन्त्यका लागि पनि क्षमतायुक्त जनशक्ति उत्पादन गरेर बिदेशमा रोजगारमा पठाउन यो बिषयले मद्दत गर्नेमा बिद्यालय आशावादी रहेको बताईएको हो । बिद्यालयको २६ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले राणालकालमा जस्तो बन्दुक र भारी बोक्ने काममा मात्रै नेपाली युवा बिदेश जाने दिनको अन्त्य गर्न हामीले यो नयां बिषयमा बिद्यार्थीलाई दक्ष बनाई बिदेशमा राम्रो तलबसहित रोजगार दिलाउन हामी प्रयासरत छौं ।

२०८९ सालको एसईई परिक्षामा शतप्रतिशत उत्तीणर् गराउन सफल बिद्यालयले आफ्ना सेन्टअप बिद्यार्थीलाई दिक्षान्तको गाउनसहित बिदाई गरेको सुमार्गीले जानकारी गराए । बागमती बिश्व बिद्यालयका बोर्ड अफ ट्रष्टिका सदस्य तथा शिक्षाबिद् बच्चुराम अधिकारीको प्रमुख आतित्थ्यतामा भएको समा-रोहमा एसईई परिक्षाको समाप्तीसंगै प्लस टुसम्मको अध्ययन नेपालमै गराउन अधिकारीले अभिभावकलाई आग्रह गरे । घरमा आमाबुबाको लाड प्यारमा हर्केका कलिला बिद्यार्थीलाई बिदेश नपठाउन उनको आग्रह थियो ।

नेपाली युवाहरुले सिप नसिकेकै कारण बिदेशमा धेरै दुःख हण्डर खानु परेको उनको भनाई थियो । समारोहमा हेटौंडा उपमहानगरपालिकाका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ११ नम्बरका वडा अध्यक्ष जुना दाहाल, उच्च माध्यमिक शिक्षा परिषद्का प्रमुख कृष्ण घिमिरे, उन्नती ढकाल, संस्थापक प्रिन्सिपल गौरीदेवि चिमो-रीया, कैलास गाउपालिका शिक्षा प्रमुख प्रदीप पराजुलीलगायतले शुभकाममना ब्यक्त गरेका थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here