Homeमकवानपुर विशेषहेटौँडाभाँडा सफा राख्दा कार्की पुरस्कृत

भाँडा सफा राख्दा कार्की पुरस्कृत

हेटौंडा/हेटौडा-६, चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । वागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्था अध्यक्ष चौलागाईले संस्थागत् प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले आर्थिक प्रतिवेदन, कृषक हितकोष सदस्य नवराज पौडेलले हितकोषको प्रतिवेदन, पशुधन संरक्षण तथा स्वास्थ्य उपसमिति सदस्य श्यामप्रसाद भट्टराईले पशुधनसम्बन्धि प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा विभिन्न विधाका उत्कृष्ट किसानहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य हरिप्रसाद सिग्देल, विसुनाथ सापकोटा, दिलकुमारी अधिकारीलगायतलाई सम्मानित गरिएको थियो । बढी दूध र पशुआहार खरिद गर्ने आशीष मल्ल, बासुदेव अधिकारी, बलराम गौतम, भाँडा सफा राख्ने लक्ष्मी कार्की, गोठ सफा राख्ने केदारप्रसाद अधिकारी, असली ऋणी जयराम घिमिरे, धनकुमारी गौतम र नियमित बचतकर्ता यादब सापकोटा र कृष्णप्रसाद दुलाललाई पुरस्कृत गरिएको थियो । साधारणसभामा सञ्चारकर्मी भीमसेन पौडेल, निर्वाचन समिति संयोजक रमेशप्रसाद लामिछाने, सदस्य बद्रीबहादुर पाठकलाई पनि पुरस्कृत गरिएको थियो ।

साधारणसभामा वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, वागमती प्रदेश दुग्ध विकास बोर्ड सञ्चालक सदस्य बासुदेव अधिकारी, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष हरि कँडेल, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, पूर्वअध्यक्ष बासुदेव सापकोटा, निवर्तमान अध्यक्ष श्यामप्रसाद न्यौपाने, रानी सामुदायिक वन अध्यक्ष विष्णुप्रसाद न्यौपानेलगायतको आतिथ्यता थियो । संस्थाले आफ्नो ३४ औं वार्षिकोत्सवको अवसर पारेर साधारणसभा गरेको हो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here