Homeमकवानपुर विशेषहेटौँडागणितमा डिग्री गरेर रिसोर्टतिर

गणितमा डिग्री गरेर रिसोर्टतिर

हेटौंडा/हेटौंडा उपमहानगरपालिका-१ नम्बर वडास्थित भैरवडाँडामा निर्माण हुँदै गरेको हेटौंडा रेडटाइगर रिसोर्ट छिट्टै सञ्चालनमा आउने भएको छ । करिब २० वर्ष वैदेशिक रोजगारीका लागि जापान बसेर आएका भरतपुर महानगरपालिका वडा नम्बर-५ का शम्सेरबहादुर अधिकारी सधंै अर्काको देशमा बस्नुभन्दा आफ्नै देशमा केही गर्छु भन्दै नेपाल फर्केका हुन् । रिसोर्ट सञ्चालक अधिकारीले गणितमा डिग्री गरेका छन् । जापानमा कमाएको केही रकम जम्मा गरी रिसोर्ट खोल्ने उद्धेश्यले उनी हेटौंडा आए । र, भैरवडाँडामा १३ कठ्ठा जग्गा खरिद गरी रिसोर्ट निर्माणमा लागे । चितवनका स्कुल/कलेजमा पढाउँदै आएका सरकारी जागिरे अधिकारी ब्यापार/व्यवसायमा केही गर्छु भन्दै जापान गएका हुन् ।

वैदेशिक नोकरीले पैसा त दियो तर सबै कुरा पैसामात्र पनि नहँुदो रहेछ भन्दै नेपाल फर्केका अधिकारीले नेपालमै केही गर्ने निधो गरी रिसोर्ट निर्माणतिर लागेका हुन् । आफूले निर्माण गरेको रिसोर्ट पारिवारिक, बालमैत्री, प्राकृतिक सौन्दर्य अवलोकन गरी रमाउनेहरुका लागि उपयुक्त रहेको र डाँडाबीच एकान्त, शान्त ठाउँमा रहेको अधिकारीले बताए । बालबालिका, ठूलाका लागि स्वीमिङपुल, पिङ, अन्य कुरा पनि निर्माण हुँदैछ । खान र बस्नका लागि राम्रो व्यवस्था र फास्टफुडका लागि रेस्टुराँको व्यवस्था गरिएको अधिकारीले भने । शाकाहारी र मांसहारी दुवैखाले व्यक्तिका लागि तरकारी खेती, पशुपक्षीपालन गरी लोकल तथा अर्गानिक स्वाद पस्कने तयारी गरिरहेको अधिकारीले बताए । हेटौंडावरपरका दृष्य, वरिपरिका हरियाली वातावरणले मनमोहक बनाउने भैरवडाँडामा निर्माण गरिने रिसोर्ट दशैंतिहार बीच पूणर्रुपमा सञ्चालनमा आउने अधिकारीको भनाइ छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here