21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाझ्याप्लेखोलामा अस्ताइन् मनहरीकी सन्तु
spot_img

झ्याप्लेखोलामा अस्ताइन् मनहरीकी सन्तु

spot_img

सुनिता बिष्ट\हेटौंडा/धादिङको धुनिबेशी नगरपालिका-९, झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा आइतबार निकालिएका शवहरुमध्ये थप २२ वटा शवको सनाखत भएको छ । सनाखत हुनेमा पर्वतको कुश्मा नगरपालिका-२ बस्ने ३१ वर्षकी पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट-७ बस्ने वर्ष २८ का नवराज पन्त, रुकुम पश्चिमको मुसिकोट-१५ बस्ने वर्ष ३९ का तेजबहादुर बिष्ट, गोरखाको गण्डकी गाउँपालिका-४ बस्ने वर्ष ४० का नवराज तिवारी, बझाङ जयपृथ्वी-१ बस्ने वर्ष २३ का नवीन सिंह र चितवनको भरतपुर महानगरपालिका-२१ बस्ने वर्ष २१ की अनिता थापामगर रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-९ बस्ने वर्ष ३३ की सन्तु बिक छन् भने काठमाडौंको काठमाडौं महानगरपालिका-१६ बस्ने वर्ष ४८ का आनन्द राजवंशी, चितवन खैरहनी नगरपालिका-३ बस्ने वर्ष १९ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका-३ बस्ने वर्ष २६ का जनक कुँवर, चितवन भरतपुर महानगरपालिका-९ बस्ने वर्ष ५३ का मोहनदास आचार्य रहेको प्रहरीले जनाएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ बस्ने वर्ष ५६ का नरेन्द्र खत्री, गोरखा भीमसेन थापा गाउँपालिका-४ बस्ने वर्ष ४७ का मदन परियार, सोही स्थानका वर्ष १५ का विनायक भट्टराई, सोही गाउँपालिकाको धोर्चे-७ बस्ने वर्ष २७ का सुके परियार छन् भने बाग्लुङ बडीगाड गाउँपालिका-२ बस्ने वर्ष ५२ का इन्द्रजीत राना, सोही स्थानकी ४० वर्षीया भीमकुमारी राना, जुम्ला सिञ्जा गाउँपालिका-६ बस्ने वर्ष ३९ का हरिबहादुर बुढा र धादिङको ज्वालामुखी गाउँपालिका-२ बस्ने वर्ष २६ की लीलामाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement - Ad Banner

सर्लाहीको चक्रघट्ट गाउँपालिका-६ बस्ने वर्ष १७ का वसन्त शाह, सप्तरी सप्तकोशी नगरपालिका-७ बस्ने वर्ष २८ का नन्दप्रसाद किशोर चौधरी र तनहुँ व्यास नगरपालिका-५ बस्ने वर्ष ३४ का लेखनाथ ओझा छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालका अनुसार पहिरोबाट निकालिएका कुल ३५ शवमध्ये १३ वटा शवको आइतबार सनाखत भएको थियो । पहिरोमा गोरखाबाट काठमाडौं जाँदै गरेको ना. ४ ख २२७० नम्बर यात्रुबाहक बस, चितवनबाट काठमाडौं जाँदै गरेको वा. ३ ज १३४५ नम्बर माइक्रो बस र बुटवलबाट काठमाडौं जाँदै गरेको लु. १ ज ४५७८ नम्बर माइक्रोबस पुरिएको अवस्थामा भेटिएका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि