हेटौंडा/मकवानपुरमा पछिल्लो २४ घण्टामा २३ जना डेंगु संक्रमित बिरामी र ७ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार उक्त अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना र मनहरी गाउँपालिकाका ३ जना डेंगु संक्रमण पुष्टि भएको हो । सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका ५ जना, मकवानपुरगढी गाउँपालिकाका एक जना र राक्सिराङ गाउँपालिकाका एक जना गरी ३ जनामा स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ सय ८ पुरुष र ३ सय ६३ महिला गरी ७ सय ७१ जना पुगेको छ भने स्क्रब टाइफसका बिरामी ८० पुरुष र १ सय ५९ महिला गरी २ सय ३९ पुगेको छ । उक्त तथ्यांक साउन महिनादेखि सोमबारसम्मको हो ।