हेटौंडा/हेटौंडा-६ मा रहेको रक्षादेवी आमा सचेतना समूहको प्रथम वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् समूह अध्यक्ष निर्मला कोइरालाको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभाको बन्दसत्रले भवानी चौलागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ । समिति उपाध्यक्षमा सबिना गुरुङ, सचिवमा देवकुमारी डंगोल, सहसचिवमा अम्बिका दियाली र कोषाध्यक्षमा तिलकमाया रुम्बा चयन भएका छन । सदस्यहरुमा पवित्रा रुम्बा, बुद्धलक्ष्मी चौलागाई अम्बिका थापा, सुष्मा रिमाल, रक्षा न्यौपाने र रमिला श्रेष्ठ चयन भएका छन् । कार्यसमितिको पदावधि २ वर्ष हुनेछ ।
नयाँ कार्यसमिति चयन गर्न सञ्चारकर्मी भीमसेन पौडेलको संयोजकत्वमा केशबप्रसाद कोइराला र कल्पना पराजुली सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । साधारणसभामा समूह अध्यक्ष कोइरालाले संस्थागत् प्रतिवेदन, सहसचिव देवकुमारी डंगोलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिलकमाया रुम्बाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, रक्षादेवी टोलविकास संस्था अध्यक्ष केशबप्रसाद कोइराला, सचिव शम्भुबहादुर रिमाल, महिला स्वास्थ्य स्वयम्सेविका कल्पना पराजुली, सञ्चारकर्मी पौडेललगायतको आतिथ्यता थियो । समूहमा ७० महिला सदस्य आवद्ध रहेको सचिव डंगोलले बताइन् ।