Homeमकवानपुर विशेषहेटौँडाफुटबलरलाई किन राखियो कोप्चामा ?

फुटबलरलाई किन राखियो कोप्चामा ?

मनिता राना \हेटौंडा/मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीस्थित वत्सलादेवी माविमा एन्फाले जुनियर उमेर समूह (अण्डर-१४) को एकेडेमी चलाएको छ । मलाई एक महिनाअघिमात्र थाहा भयो । केही दिनअघि काठमाडौं जाँदा नियालेर हेरें । वत्सलामा त्यस्ता भविष्यका राष्ट्रिय खेलाडीहरु राख्ने पूर्वाधार, सुरक्षा र कुनै सुबिधा भएजस्तो लागेन, नेपालका पूूर्वखेलमन्त्री पुरुषोत्तम पौडेलले भने-म मन्त्री भएको बेला सुवास ठकुरीले बगरका ढुंगा पन्छाउन सहयोग माग्नु भयो । त्यतिखेर खेलकुद मन्त्रालयको एक निर्वाचन क्षेत्र-एक खेलमैदान कार्यक्रमअन्तर्गत् रकम दिएर बगर पन्छाइएको थियो । पछि अलि थप सहयोग गरी फिल्ड निर्माण भएको हो । २०७२ को भुकम्पपछि पुनर्निर्माणका क्रममा विद्यालय बनेको मलाई थाहा छ । खेलकुदमा चासो राख्ने व्यक्ति भए पनि वत्सलामा एन्फाको अण्डर-१४ समूह राख्नयोग्य स्थान भएको मलाई थाहा थिएन ।

उनले भने-त्यस्तो ठाउ“मा देशभरबाट छानिएर आएका अब्बल किशोर फुटबलरहरु राखिएको रहेछ । तिनीहरुले पढ्नुपर्ने, खेल्नुपर्ने, दुनिया हेर्नुपर्ने बेला थियो । के विशेष सुबिधाका लागि सिस्नेरीको कोप्चामा लगेर राखियो । बुझ्नै कठिन
भयो । तिनीहरुमध्ये ६ जना पहिरोले पुरिएर जीवन गुमाउन पुगे । त्यसमा निजगढ-८ का होनाहार फुटबलर विकल रेग्मी पनि परे । निजगढ-८ बस्ने जयन्त रेग्मी र कमला अधिकारीका छोरा विकल आफ्नो उमेर समूहका निकै उम्दा खेलाडी थिए । कक्षा-८ मा अध्ययनरत् उनी फुटबल खेलेर आफ्नो करियर र भविष्य बनाउन चाहन्थे । उनी अण्डर-१४ मा छानिनका लागि निकै लालायित पनि थिए । म त्यतिखेर उनीसँग सम्पर्कमा थिएँ । छानिएपछि उत्साह हेर्न लायक
थियो । दुःखको कुरा उनीसहित ६ जनाको करियर र सम्पूणर् भविष्य एकैपटक समाप्त भयो, उनले भने ।

यहाँनेर जतिसुकै दुःखको घडी भए पनि कुलेखानी जलाशय भरिएकाले ढोका खोलिने अग्रिम जानकारी एक दिनअघि नै सार्वजनिक भएको थियो । त्यस्तो अवस्थामा वत्सलामा बस्नयोग्य ठाउँ छँदै थिएन । त्यहाँबाट तत्काल खेलाडीहरुलाई निकालिनु आवश्यक थियो । निकै ढिलो गरी निकालिँदा ६ जना पुरिने अवस्था कसरी आयो भन्ने उनको प्रश्न छ । उनका अनुसार बिकल फुटबल खेल्न औधी रुचाउथे । फुटबलमा भएको रुचिकै कारण उनले निजगढबाट एकेडेमीसम्मको यात्रा तय गरेका थिए । जिल्ला र प्रदेशको छनौट पार गर्दै एकेडेमीमा पुग्न सफल बिकल फुटबलमा आफ्नो भविष्य बनाउन चाहन्थे । एकेडेमीबाट शनिबार विहान सुरक्षित स्थानतर्फ लैजाने क्रममा बिकलसहित ६ जनालाई पहिरोले बगाएको थियो । पहिरोले बगाएका ६ जनाको शव फेला परेको छ । उनीहरुको शव काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ ।

पहिरोमा ज्यान गुमाउनेमा बिकलसहित सर्लाहीका आदित्य बलम्पाकी, मकवानपुरका अनुपम घलान, साइमन योञ्जन, दिवस बानियाँ र काठमाडौंका रियान्स आचार्य छन् । एन्फा प्रवक्ता सुरेश शाहले सिस्नेरी एकेडेमीमा रहेका ६ खेलाडी पहिरोमा परेको पुष्टि गरेका छन् । वत्सलादेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा उनीहरुलाई पहिरोले बगाएको थियो । सुरक्षित स्थानमा लगिएका ३० प्रशिक्षार्थीलाई काठमाडौं लगिएको छ । उद्धार गरिएका ३४ मध्ये ३० जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । उनीहरु जेठदेखि सिस्नेरीमा थिए ।

उक्त स्थान प्रहरी चौकी सिस्नेरीबाट करिब २ किलोमिटर पश्चिम र इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब २५ किलोमिटर पूर्वतर्फ पर्दछ । एन्फाले पूणर्अध्ययनबिना खोलाकिनारमा एकेडेमी सञ्चालनको निणर्य गरेको आरोप छ । जसले गर्दा दुर्घटना भएको भन्दै एन्फाको विरोध जारी छ । जेठबाट सुरु एकेडेमी निर्माणमा दुरदर्शिता नअपनाउ“दा अप्रिय घटना घटेको हो ।

उक्त विद्यालयमा एकेडेमी सञ्चालनबारे २०८० चैत ३० गते सम्झौता भएको थियो । फुटबलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ १३ वर्षमुनिका ३० पुरुष खेलाडीलाई विद्यालयमा प्रशिक्षणमा राख्न सहमतिपत्रमा हस्ताक्षर भएको हो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको उपस्थितिमा महासचिव किरण राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् संविधानसभा सदस्य ठकुरीले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here