हेटौंडा/शनिबार देशका २५ स्टेसनमा वर्षाले रेकर्ड ब्रेक गरेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसमध्ये सबभन्दा धेरै स्टेसन काठमाडौं उपत्यका र काभ्रेका छन् । २४ घण्टा (शुक्रबार विहान ८ः४५ देखि शनिबार विहान ८ः४५) मा रेकर्ड ब्रेकमध्ये सबभन्दा धेरै वर्षा मकवानपुरको दामनमा ४ सय १० मिलिमिटर वर्षामापन भएको छ । यहा“ यसअघि २३ जुलाई २० जुलाई १९९३ मा ३७३.२ मिमि वर्षा रेकर्ड भएको थियो । १० असोजदेखि परेको अविरल वर्षाले थाहा नगरपालिकामा मानवीय क्षति भएको छैन । तर, भौतिकरुपमा ठूलो क्षति पुगेको छ । सडक पूर्वाधार, खेतीबाली, आवास, पशुचौपाया आदिमा क्षति पुगेको देखिएको छ ।
नगरपालिकामा पर्ने राजपथ खण्डदेखि नगरभित्रका सडकहरु वर्षा र पहिरोका कारण क्षतविक्षत बन्न पुगे । राजपथका कयौं स्थानमा पहिरो जानुका साथै सडकमाथि पहिरो थुपिँदा सवारी आवागमन अवरुद्ध भएकोमा १३ असोज विहानबाट पालुङ-हेटौंडा खण्ड खुलेको छ । तर, काठमाडौं पुग्नसक्ने अवस्था छैन । थाहा नगरको दामन-डाँडाबास, शिखरकोट-आग्रा सडकहरुमा ठूला गाडी चल्न सकेका छैनन् । भित्री सडकका पुलहरुसमेत जोखिममा परेका छन् । थाहा नगरपालिका-३, बागेखोलाको पक्की पुल जोखिममा परेको छ भने बागेखोला बस्ती पनि जोखिममा परेको छ ।
थाहा नगरमा वर्षाका कारण दर्जनौं घरहरु भत्केका छन् । प्रारम्भिक विवरणअनुसार थाहा-२ का रामभक्त कार्की र शेरबहादुर तामाङको घर भत्किएको छ । थाहा-६ का नवराज सुबेदीको घरगोठ र रत्नलाल बलामीको गोठ भत्केको छ भने थाहा-९, मासालिग्राम लामिछाने र चिरञ्जीवी लामिछानेको घर भत्किएको छ । थाहा-११ मा आइते थोकरको घर र थाहा-८ मा बालकुमार नेपालीको गोठ भत्किएको छ । थाहा-४, सीमभञ्ज्याङका रामकुमार गोले र सुन्तली गोले तथा थाहा-११ का सुकराम थोकर घरबाट बिस्थापित भएका छन् । थाहा-५ का उमेश गुरुङ र दीप गुरुङको घर पूणर्जोखिममा परेको छ ।
अविरल वर्षाका कारण गोठ भत्किएर पुरिँदा दर्जन बढी बाख्रा मरेको प्रारम्भिक विवरण प्राप्त भएको छ । थाहा-६ मा नवराज सुबेदीको घरगोठ भत्कि“दा त्यसमा पुरिएर एउटा गाई र ६ वटा बाख्रा मरेका छन् भने थाहा-६ कै रत्नलाल बलामीको गोठले थिचेर ८ वटा बाख्रा मरेका छन् । थाहा-८ का बालकुमार नेपालीको गोठ भत्किएर पुरिँदा २ वटा बाख्रा मरेका छन् ।