Homeमकवानपुर विशेषहेटौँडाप्रभावित यात्रुलाई निःशुल्क आवास तथा खाना

प्रभावित यात्रुलाई निःशुल्क आवास तथा खाना

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघले विपद् प्रभावित यात्रुलाई निःशुल्क आवास तथा खानाको प्रवन्ध गर्ने भएको छ । अन्य जिल्ला वा ठाउँबाट गन्तव्यमा पुग्न नसकी मकवानपुरमा अलपत्र परेका यात्रुका लागि आवास तथा खानाको प्रवन्ध गरिने भएको हो । संघले देशभर बाढीपहिरोको कहरका कारण आफ्नो गन्तव्य पुग्न नसकेका अलपत्र यात्रुले खाना तथा आवासका लागि सम्पर्क राख्न अनुरोध गर्दै आइतबार सूचना निकालेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको विपद् व्यवस्थापन समितिको आग्रहमा संघले उक्त निणर्य गरेको संघ उपाध्यक्ष तथा प्रवक्ता उज्ज्वल चौलागाईंले जानकारी  दिए । संघले यस्तो विपत्तिमा निजी क्षेत्रमा पनि सहयोग गर्दै आएको उनले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here