21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाउद्धार/राहतमा खटिन कांग्रेसको अपिल
spot_img

उद्धार/राहतमा खटिन कांग्रेसको अपिल

spot_img

हेटौंडा/नेपालका अधिकांश भूभागमा असोज ११ गतेदेखिको वर्षाका कारण आएको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद्मा परेर वागमती प्रदेशलगायत देशका अन्य प्रदेशका विभिन्न भागमा भएका ठूलो जनधनको क्षतिप्रति नेपाली कांग्रेस वागमती प्रदेश कार्यसमितिले दुःख व्यक्त गरेको छ । दुःखद् घडीमा बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्यकर्मीको टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न वागमती प्रदेश सरकारलगायत संघीय र स्थानीय तहका सरकारहरुले आवश्यक योजनासाथ सम्पूणर् ध्यान केन्द्रित गर्न नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शोक विज्ञप्तिमार्फत् विशेष आग्रह गरेका छन् ।

पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, सम्पर्कविहीनहरुको खोजी तीव्र बनाउन र घाइतेहरुलाई उपचारको व्यवस्था गरी प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा नागरिकले सहज जीवनयापन गर्नसक्ने व्यवस्था मिलाउन पनि नेपाली कांग्रेस प्रदेश कार्यसमिति तीनै तहको सरकारलाई आग्रह गरेको छ । प्रदेशभित्रका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यहरु एवम् सम्पूणर् सांगठनिक संरचनाका साथीहरुलाई प्रभावित जिल्लाका सम्पूणर् स्थानमा पुगी उद्धार तथा राहतमा खटिएका तीनै तहका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्दै बाढी, पहिरो तथा डुबानमा परेका र पर्नसक्ने थप जोखिम क्षेत्र पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा यथाशीघ्र खटिन नेपाली कांग्रेस वागमती प्रदेशले अपिल गरेको छ ।

- Advertisement - Ad Banner

अविरल वर्षाका कारण भएको प्राकृतिक विपद्बाट आइतबारसम्म सयौं व्यक्तिको ज्यान जानुका साथै दर्जनौं व्यक्ति घाइते र अर्बौ बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । वर्षाका कारण हजारौं हेक्टर खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै देशभरका अधिकांश सडकसञ्जाल अवरुद्धका कारण यात्रु अलपत्रमा परेका छन् । यस विषम् परिस्थितिका कारण आमनागरिकको जनजीवन अत्यन्त कष्टकर बनिरहेकाले सम्पूणर् पीडित नागरिकप्रति नेपाली कांग्रेस वागमती प्रदेशले सहानुभूति व्यक्त गर्दै संघीय एवम् प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसले सरकारको दैवीप्रकोप कोषमा ५० लाख दिने निणर्य गरेको छ । आइतबार विहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवीप्रकोप राहत कोषमा ५० लाख दिने निणर्य गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५-१५ दिनको तलब सहयोग गर्ने निणर्य गरेको जानकारी दिएका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि