हेटौंडा/मातृभूमि बचत तथा ऋण सहकारी सस्ंथाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा-४ स्थित कान्तिराजपथमा रहेको सहकारी संस्थाको साधारणसभा शनिबार एक कार्यक्रमबीच सम्पन्न भएको हो । सहकारी अध्यक्ष नारायणप्रसाद लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा रामहरि तिमल्सिनाले साधारणसभाबारे वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा विभिन्न विधागत्रुपमा ५ जनालाई पुरस्कृत गरिएको थियो । दैनिक बचततर्फ सञ्जिता पोखरेल, असल आवधिक बचतकर्तातर्फ जमुना थापाक्षेत्री, असल उद्यमी सन्तोषी तामाङ, एसईईमा उत्कृष्ट अंक ल्याउन सफल प्रिज्मा थापालाई पुरस्कृत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले वित्तिय संस्था स्थापना गर्ने र त्यही व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले खोलिएको सस्ंथा भएको बताए । ठोस उत्पादनशील ठाउँमा उक्त रकम सदुपयोग गर्न सके गरिबी न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।
शेयर सदस्यहरुले लगानी गलत ठाउँमा प्रयोग गर्नाले देशका सहकारी संस्था घाटामा जानसक्ने सम्भावना भएको उनले बताए । आफैं पनि सहकारीमा जोडिएका कारण यसबारे थोरै जानकारी भएको अनुभव उनले सुनाए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत संघ उपाध्यक्ष मीना चौंरेललगायत शेयर सदस्यहरुको उपस्थिति थियो ।