Homeमकवानपुर विशेषहेटौँडासशक्त बचतको १५ औं साधारणसभा

सशक्त बचतको १५ औं साधारणसभा

 

हेटौंडा/सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच हेटौंडा-४, भृकुटीपथस्थित उक्त सहकारीको साधारणसभा सम्पन्न भएको हो । सहकारी कार्यबाहक अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यता थियो ।

सहकारी संस्थाका सदस्य असल ऋणी महेश पौडेल र प्रवेश चापागाईंंलाई प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी दाहाल, सदस्यहरु गीता कार्की, देवला श्रेष्ठ, प्रभाकर पाण्डे, सुनिल श्रेष्ठ, भरत तिमल्सिना, लेखा समिति संयोजक कृष्णबहादुर कार्की, लेखा समिति सदस्य शिवहरी तिमल्सिनालगायत बचतकर्ताहरुको उपस्थिति थियो ।

 

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here