Homeमकवानपुर विशेषहेटौँडाखोलियो कुलेखानी बाँध

खोलियो कुलेखानी बाँध

हेटौंडा/निरन्तरको वर्षापछि भरिएको कुलेखानी जलाशय ५ मिटर घटाइएको छ । विद्युत् उत्पादन र बाँधका २ वटै ढोका खोलेर कुलेखानी जलाशय ५ मिटर घटाइएको हो । हाल कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७.६० मापन गरिएको छ । शनिबार विहान ५ बजे कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो । उक्त समयमा जलाशयमा पानीको सतह १ हजार ५ सय ३१ मिटर मापन गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार १० घण्टामा ५ मिटर पानी घटाइएको छ ।

जलाशयका बाँधका २ वटै ढोका खुला गरिएको छ । बाँधका २ वटा ढोका २ मिटर खुला गरेर पानीको सतह सन्तुलनमा राखिएको उनको भनाइ छ । ३ सय मिटर चौडाईं र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी भण्डारणको क्षमता छ । शुक्रबार दिनभरको वर्षाले कुलेखानी भरिने चरणमा पुगेको थियो । शुक्रबार ५ बजेसम्म पानीको सतह १ हजार ५ सय २५ मिटर मापन गरिएको कुलेखानीमा शनिबार विहान जलाशय भरिएर ओभरफ्लो भएको थियो ।

कुलेखानीको जलसतह स्थिर छ । जलाधारबाट पानी संकलन भएको अनुपातमा नै बाहिर पठाइएको छ । बाँधका ढोका २ मिटर खुला गरिएको छ । कुलेखानीको जलाधार क्षेत्रमा पानी परिरहेकाले जलाशयमा पानीको सतह बढ्ने भएकाले ढोका खुला गरिएको हो । कुलेखानीको जलसतह घटाउन ३ वटै विद्युत् उत्पादन केन्द्र पूणर् क्षमतामा सञ्चालन गरिएको छ । जलाशयमा पानीको मात्रा बढ्दै गएपछि शुक्रबार साँझबाट विद्युत् उत्पादन थालिएको थियो । आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको पानीबाट पूणर्क्षमतामा सञ्चालन गरिएको छ । कुलेखानी पहिलो ६० मेगावाट्, दोस्रोबाट ३२ मेगावाट् र तेस्रोबाट १४ मेगावाट् गरी १ सय ६ मेगावाट् विद्युत् उत्पादन हुने गरेले छ ।

गाउँपालिकास्थित कुलेखानी ड्याम भरिएपछि बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोलिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदीकिनाराका बस्तीहरुमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएको हुँदा कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरु एवम् स्वयम्सेवकसमेत हाइअलर्टमा बस्न अनुरोध गरिएको छ । सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरुले समेत तदनुरुप सुरक्षित स्थानको पूर्वतयारी गर्न पनि प्रशासनले भनेको छ । जलाधार क्षेत्रमा भारि वर्षा हुँदा जलाधार क्षेत्रको पालुङ, किटेनी, चित्लाङ, चखेल र फाखेललगायत खोलामा बाढी आएपछि कुलेखानीको सतह तीव्रगतिमा बढेको हो । नेपाल विद्युत् प्राधिकरणको पावर ब्याकअप का रुपमा रहेको छ कुलेखानी जलाशय ।

जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म प्रयोग गर्न सकिन्छ । केन्द्र प्रमुख भट्टका अनुसार ढोकाहरु खोलिएपछि इन्द्रसरोवरको कुलेखानी, सिस्नेरी हुँदै वागमती नदीमा मिसिन पुग्छ । जसका कारण नदीतटीय क्षेत्रका स्थानीयलाई समयमै सचेत गराउनका लागि सूचना जारी गरिएको भट्टले बताए ।

माथिको मूल नफुटी कुलेखानी भरिँदैन, हालैको पानीले मुल फुटेपछि भरिएको छ । कुलेखानी भरिनका लागि थाहा नगरबाट बगेर आउने ठाडो खोला, चित्लाङ खोला, फाखेलको महालक्ष्मीलगायत खोलानालाले क्षति गरेका छन् । कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५ सय ३० मिटरमा भरिन्छ । २०७२ को भुकम्पपछि कुलेखानी भरिएको थिएन । २०७२ पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलव ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here